२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ महिला समाज पोर्चुगल र नारी समाज पोर्चुगलको संयुक्त एकता अधिवेशन हुने,पोर्चुगलबासी नेपाली महिलाहरूमा छायो उत्साह

महिला समाज पोर्चुगल र नारी समाज पोर्चुगलको संयुक्त एकता अधिवेशन हुने,पोर्चुगलबासी नेपाली महिलाहरूमा छायो उत्साह

शान्ती अर्याल अधिकारी, लिस्वन:पोर्चुगलको नेपाली समाजमा क्रियाशील महिलाहरूका दुईवटा संस्था नेपाली नारी समाज र नेपाली महिला समाज पोर्चुगलको संयुक्त एकता अधिवेशन २७ अगस्ट आइतबार हुने भएको छ। अधिवेशन लिस्वनस्थित जिनासियो क्लबको हलमा आयोजना हुनेछ।

नेपाली नारी समाज पोर्चुगलको स्थापना सन् २०१४ मा र नेपाली महिला समाजको स्थापना २०१९ मा भएको थियो। पोर्चुगलका नेपाली दिदीबहिनी र समाजमा दुवै संस्थाले सक्रियताका साथ अग्रणी भुमिका निर्वाह गर्दै आएका छन्।

दुवै संस्थाहरू आआफ्नो ठाउँमा सक्रिय रहँदै आएपनि पोर्चुगलका महिला दिदीबहिनी र नेपाली समुदायको भावना र चाहानालाई मध्यनजर गर्दै समन्वय, सहकार्य र एकता नै अगाडि बढ्ने बलियो आधार हो भन्ने महसुस गरेर दुईवटा संस्था एकता प्रक्रियामा जुटेको ‌महिला समाजकी अध्यक्ष माया खरेलले बताउनुभयो।

दुईवटा समाजलाई एक्यवद्ध गरेर लैजान सके थप प्रभावकारी ढंगबाट अगाडि बढ्न सकिने महसुस गरेर दुवै संस्था वीच गहन सल्लाह र छलफलपछि गत २ जुलाई मा सहमति पत्रमा दुवै पक्षले हस्ताक्षर गरी एकताको संयुक्त अधिवेशन गर्न लागिएको नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष सीता श्रेष्ठ (शिवानी) बताउनु भयो।

केहीदिन अगाडि बसेको दुवै समाजको संयुक्त बैठकले माया खरेलको संयोजकत्वमा अधिवेशन मुल आयोजक समिति, सीता श्रेष्ठ (शिवानी) संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति, सीता बरालको संयोजकत्वमा विधान संसोधन समिति, निर्मला ढकालको संयोजकत्वमा निर्वाचन समिति, शान्ति अर्याल अधिकारीको संयोजकत्वमा प्रचार प्रसार समिति र गीता रेउलेको संयोजकत्वमा अतिथि सत्कार समिति निर्माण गरी दुवै कार्यसमितिका पदाधिकारीहरु तथा सदस्यहरुलाई पनि समेट्ने गरी जिम्मेवारी प्रदान गरिएको छ।

अधिवेशनमा उपस्थितिका लागि पोर्चुगलका सम्पुर्ण दिदीबहिनी, संघ-संस्थाका प्रतिनिधि र आम नेपाली समुदायमा आयोजकहरुले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु