गृहपृष्ठ माओवादी केन्द्रका अध्यक्षको आग्रह :सुझाव र सल्लाह इमेलबाट पठाउनुस्
माओवादी केन्द्रका अध्यक्षको आग्रह :सुझाव र सल्लाह इमेलबाट पठाउनुस्

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालन सम्बन्धी सुझाव मागेका छन्।
उनले नयाँ ढंगबाट पार्टी संचालनको तयारी रहेको जानकारी दिँदै यसका लागि इमेलबाट सुझाव दिन फेसबुकमार्फत आग्रह गरेका हुन्।
पछिल्लो समय प्रचण्डले नेता तथा कार्यकर्ताको आचरण, व्यवस्थापन र जिम्मेवारीको विषयमा पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने सोच रहेको बताउदै आएका छन्।