२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ माओवादी केन्द्रको सम्मेलन महाधिवेशनमा रुपान्तरण हुने

माओवादी केन्द्रको सम्मेलन महाधिवेशनमा रुपान्तरण हुने

नेकपा माओवादी केन्द्रले आइतबारदेखि काठमाडौंमा सुरु हुने भनिएको राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा लैजाने निर्णय गरेको छ।

पेरिस डाँडामा शनिबार बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलन नगरी आठौँ महाधिवेशन गर्ने निर्णय गरेको हो।


पार्टी स्थायी कमिटी बैठकपछि नेता हरिबोल गजुरेलले राष्ट्रिय सम्मेलनलाई सिधै महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको बताए।

स्थायी कमिटी बैठकपछि पेरिस डाँडामा पत्रकारसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर पनि महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरिएको बताए।

माओवादीले राष्ट्रियग सम्मेलनमा नेतृत्व भन्दा बढी विचारको बहस गर्ने तयारी गरेको थियो। तर देशभरबाट आएका सुझाव, शुभकामना र कार्यकर्तामा देखिएको उत्साहलाई ख्याल गर्दै राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको गजुरेलले नेपालखबरलाई बताए।

एक नेताका अनुसार माओवादीले यसलाई आठौँ महाधिवेशन भन्ने भएको छ। स्थायी कमिटीको यो निर्णयलाई आइतवार बिहान ८ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु