२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ माओवादी केन्द्रले तीन महिने रुपान्तरण अभियान संचालन गर्ने

माओवादी केन्द्रले तीन महिने रुपान्तरण अभियान संचालन गर्ने

नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ।

माओवादी केन्द्रको केन्द्रीय कमिटीको आइतबारको बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ निर्णय गरेको हो। अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने छ।

अभियान अन्तर्गत अध्यक्ष दाहाल सातवटै प्रदेशका ७ वटा वडामा जाने छन्। त्यहाँ गएर उनले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नेछन्।

‘नयाँ सन्दर्भमा जनयुद्धकालीन स्टाइलमामा परिचालन हुने छ। अहिलेको जनताको अपेक्षा र राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्ने काम हुनेछ’ केन्द्रीय सदस्य राजन दाहालले भने, ‘सरकारले लिएको सुशासन, समृद्धि र सामाजिक न्याय प्रदा नगर्ने अभियान छ पार्टी पङ्तीलाई सहभागी गराउन काम हुनेछ। ‘

दाहालका अनुसार पार्टी काम सरकारले लिएको सकारात्मक कामको प्रचार गर्ने रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु