गृहपृष्ठ मित्र तपाईलाई नेता भनु कि पत्रकार!
मित्र तपाईलाई नेता भनु कि पत्रकार!

युराेपमा रहेर सक्रिय पत्रकारिता गर्ने मेराे एक जना मित्र केही समय अगाडि नेपाल जानु भयाे। काठमाडौ झरेकाे केही समय पछि उहाँको फेसबुक रंगिन फाेटाहरु सहितकाे स्टाटसले भरिन थाल्याे। फाेटाहरु फरक थिए , स्टाटसहरु फरक थिए तर रंग एउटै थियाे “राजनीतिक”। गगन थापा , रामचन्द्र पाैडेल , विश्व प्रकाश शर्मा लगायतका कांग्रेसी नेताहरु सँग खिचिएका तस्बिरहरू धमाधम आइरहे उहाकाे फेसबुक वालमा।
त्यसैगरि अर्काे एकजना पत्रकार मित्र केही समय पहिले अमेरिकाबाट नेपाल जानु भयाे। काठमाडौ झरेकाे केही समय पछि उहाकाे फेसबुक पनि रंंगिन फाेटाहरु सहितकाे स्टाटसले भरिन थाल्यो। फाेटाहरु फरक थिए,स्टाटसहरु फरक थिए तर रंग एउटै थियाे राजनीति। माधव नेपाल , याेगेश भट्टराई , सुर्य थापा लगायतका कमरेडहरु सँग खिचिएका तस्बिरहरू धमाधम आइरहे उहाकाे फेसबुक वालमा।
यी दुबै जना मेरा प्रिय मित्र चर्चित पत्रकार हरु मध्ये थिए। न त युरोपका पत्रकारकाे फेसबुक वालमा कतै कम्युनिस्ट नेताहरुकाे फाेटाे देख्न सकिन्छ न त अमेरिकाका पत्रकारको फेसबुक वालमा कांग्रेसी नेताहरुका। उहाँहरु पत्रकारकाे खाेल ओडेर राजनीति गरिरहनुभएकाे छ भन्ने कुरा उहाँकै फेसबुक वालमार्फत आफै सार्वजनिक गरिरहनुभएकाे छ। अब मैले मेरा यी दुबै आत्मिय मित्रहरुलाइ नेता भनुँ कि पत्रकार!
यही बिषयमा युराेपमा संचालित एक अनलाइन पत्रिकाका सम्पादक मित्र सँग कुराकानि भइरहेकाे थियाे। राजनीतिक गतिविधिहरु पत्रकारिता जगतमा चलिरहदा नेपाली पत्रकारिताले नेपाली नागरिकहरुकाे विश्वास गुमाउदै गइरहेकाे छ।
नेपाली राजनीतिक प्रवृत्तिले अब नेपाली पत्रकारिता पनि धरासायी हुँदै जाने अवस्थामा छ। यसले सत्य- तथ्य सूचना प्राप्त गर्ने नागरिकहरुकाे अधिकारकाे खुलम खुल्ला हत्या गरिहेकाे छ। अब कसरी पत्रकारितालाई राजनीतिक मुक्त गराउन सकिन्छ! त्यता तिर पाइला चाल्नु उपयुक्त हुन्छ भन्ने बिषयमा कुराकानि भयाे।
उहाँले मेराे कुुरामा शतप्रतिशत सत्यता भएकाे स्विकार्नु भयाे। तर राजनीतिबाट मुक्त भएर गरिने पत्रकारिताले आफुलाइ कहिल्यै कहि पनि पुर्याउन नसक्ने कुरामा उहाले जाेड दिदै भन्नु भयाे कि पैसा ,पद र प्रतिष्ठा कमाउने हाे भने राजनीति सहितकाे पत्रकारिता गर्न सल्लाह दिनु भयाे।
उहाँले आफुले राजनिती गरिरहेकाे पार्टीमा लाग्नुस भन्नुभएन तर कुनै न कुनै पार्टीमा लाग्नुस र साेहि लाइनबाट पत्रकारिता गर्नुस भन्ने सल्लाह दिनु भयाे। उहाँकाे सल्लाह हेर्दा लाग्छ उहाँ मेराे असल मित्र चाहिँ हाे तर असल पत्रकार चाहिँ हाेइन हाेला। अब म उहाँलाई नेता भनु कि पत्रकार!
देशकाे शासन राजनीतिकै वरिपरि घुमिरहन्छ। प्रायःजसो घटनाहरु राजनीतिक खाेल ओडेरै घटाइन्छ। यस्ताे परिवेश भएकाे नेपाल जस्ताे मुलुकमा नेताहरुनै पत्रकार र पत्रकारहरुनै नेता भएपछि कसले कसलाई सचेत गराउने, कसले कसलाई जवाफदेही बनाउने!कसले भन्डाफोर गर्ने राजनीतिक खाेल ओडेर गरिएका काला कर्तुतहरुकाे ? कसले सुसूचित गर्ने आमनागरिकहरुलाइ ? कसले दिने सत्यतथ्य सूचना ? आजकाे दिनसम्म हेर्दा नेपाली पत्रकारिताबाट सत्यतथ्य सूचनाकाे आशा गर्नु व्यर्थ भईसकेकाे छ।
मेराे एक जना चिनेजानेकाे मित्र गाउँबाट काठमाडौ छिर्याे। पत्रकारिता बाहेक अरु पेशा, व्यवसाय केही पनि गरेन तर ८/१० बर्ष भित्रमै काठमाडौमा घरघडेरि जाेड्याे, महंगो गाडि चढ्याे। याे सबै गर्न उसले पत्रकारकाे रुपमा आफ्नाे अस्मिता बेच्याे , नेपाली पत्रकारिताकाे विश्वास बेच्याे ,सत्यतथ्य सूचना प्राप्त गर्न पाउने आमनागरिककाे अधिकार बेच्याे ,समग्र नेपाली पत्रकारिताकाे अस्मिता बेच्याे,नेपाली पत्रकारिता लाई नांगो बनायाे। कसलाई बेच्याे त पत्रकारिता!
राजनीतिक दललाई बेच्याे , दलाल ठगहरुलाइ बेच्याे , हत्यारा, बलत्कारिहरुलाई बेच्याे। तपाई, हाम्रो अधिकार र अस्मिता बेचेर पत्रकारकाे खाेल ओेडेर हिडेकाे त्याे मित्रलाइ म नेता भनु कि पत्रकार !