गृहपृष्ठ मिस नेपाल युरोपको उपाधी फिनल्यान्डकी निरुसा खत्रीले हात पारीन्
मिस नेपाल युरोपको उपाधी फिनल्यान्डकी निरुसा खत्रीले हात पारीन्
पहिलोपटक बेल्जीयममा मिस नेपाल यूरोप सम्पन्न ,चौतर्फी प्रशंंसा

ड्रिम्स नेपालले पहिलो पटक मिस नेपाल युरोप २०२० सम्पन्न गरेको छ। युरोपको राजधानी बेल्जीयम स्थित शैक्षिक नगरी लुभेनमा पहिलो पटक हिजो ड्रिम्स नेपालले मीस नेपालका आयोजक हिडन ट्रेजरसँगको सहकार्य र सम्झौतामा सो आयोजना सम्पन्न गरेको हो। बेल्जियममा आयोजित ग्राण्ड फिनालेमा मिस नेपाल युरोप २०२० उपाधीको ताज फिनल्यान्डकी निरूसा खत्रीलाई मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले पहिर्याइ दिईन। ग्राण्ड फिनाले हुनुपूर्व विभिन्न युरोपीयन देशहरूमा मिस नेपाल युरोपको अडिसन प्रक्रिया सम्पन्न गरिएको थियो। उक्त अडिसन प्रक्रियाका विभिन्न चरणहरू पार गर्दै १० प्रतियोगीहरू फाईनल सम्मको यात्रा तय गरेका थिए। सबै प्रतियोगीहरूलाई पछि पार्दै फिनल्यान्ड निवासी निरूसा खत्रीले मिस नेपाल युरोप २०२० को उपाधि जितिन्।
उक्त प्रतियोगितामा निर्णायकको भूमिकामा हिडन ट्रेजर डाइरेक्टर प्रमोदरत्न कंसाकर, अन्तरराष्ट्रीय मोडल मिस क्यारोलिन र प्रसान्त ताम्रकार रहेका थिए । निर्णायक मण्डलबाट सोधिएको प्रश्नहरूको सही उत्तर आत्मविश्वासका साथ दिएर मिस नेपाल युरोप २०२० मा फस्ट रनर अपको उपाधी आयरल्याण्डकी संगीता थापाले हात पारिन्।सेकेण्ड रनर अपको उपाधी जितिन् बेल्जियमकी ज्योति भट्टले। मिस फोटो जेनिस मेला नेपाली, मिस सोसियल श्रद्धा थापाले उपाधी जितिन्।फोटो फिचर: केजिन राई , डेनी भर्सेहल्ट
यूरोपका बिभिन्न शहरहरूमा गरिएको अडिसन राउण्डबाट रोजमरी भोटिया स्वीटजरल्याण्ड, अस्ट्रियाबाट स्नेहा मल्ल, अस्मिता ढकाल , श्रेया भण्डारी, सुस्मिता न्यौपाने फ्रान्स, नर्वेबाट श्रद्धा सिंह थापा, सुशिला बोहरा, जर्मनीबाट समा पराजुली, आश्मा घिमिरे, आयरल्याण्डबाट संगीता थापा बेल्जियमबाट सविना नेपाली ,ज्योति भट्ट, लुना श्रेष्ठ सहभागी थिइन। मिस नेपाल युरोपमा सहभागी सबै प्रतिस्पर्धीहरूलाई कोरियोग्राफी मिस नेपाल २००५ सुगरिका केसीले गरेकी थिइन। प्रतियोगिताको लागि सम्पूर्ण आकर्षक पहिरनहरू अफिसियल डिजाइनर युवी थापाले गरेका थिए। मिस नेपाल युरोप २०२० निरूशा खत्रीले आगामी मिस नेपाल २०२० प्रतियोगिताको फाईनल राउण्डमा सिधै भाग लिन पाउनेछिन्। उनले युरोपबाट मानार्थ सद्भावनादूतको रूपमा नेपालमा क्यान्सर पीडितहरूलाई सहयोगी भूमिका निभाउनेछिन्।
बेनेलक्स र युरोपियन युनियनका कार्यबाहक राजदुत सुधिर भट्टराई ,ड्रिम्स नेपाल अध्यक्ष योगिता थापा ,मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ, , एनआरएन निबर्तमान केन्द्रीय सचिब जानकी गुरुङ , गायिका नलिना चित्रकार , चिज कुमार श्रेष्ठ, एनआरएन बेल्जियम अध्यक्ष चित्र सुबेदी .इनास युरोप अध्यक्ष कमला दाहाल लगायतले बिभिन्न्न उपाधी प्रदान गरेका थिए। पहिलो चरणको कार्यक्रम सोफिया महर्जनले संचालन गरेकी थिईन भने दोस्रो चरणमा उक्त कार्यक्रम मिस नेपाल २००५ सुगारिका केसीले निकै आकर्षक शैलीमा संचालन गरेकी थिइन्। फोटो फिचर: केजिन राई , डेनी भर्सेहल्ट