गृहपृष्ठ मुग्लिङ सडकखण्ड एकतर्फी संचालनमा
मुग्लिङ सडकखण्ड एकतर्फी संचालनमा

अवरुद्ध नारायणगण मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालमा आएको छ। सडकखणडअन्तर्गत भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको हो।
बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नै रहेको नारायणगढ–मुग्लिन सडक आज विहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्। सो स्थानमा वर्षा सुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ।
एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक–पटक पहिरो खसेर दुःख दिइरहेको छ। पानी परेलगत्तै पहिरो खस्ने समस्या रहेको छ।