गृहपृष्ठ मुसिकोट नगरपालिकामा घडेरी बितरण कार्य शुरू
मुसिकोट नगरपालिकामा घडेरी बितरण कार्य शुरू

मुसिकोट नगरपालिकाले बिपन्न तथा भौगोलिक रुपमा पछाडी परेका समुदाय लाई घडेरी बितरण कार्य शुरू गरेको छ।वडा नम्बर ५ आपचौर बाट उक्त कार्यक्रम शुरू हुदा नगरपालिका भित्रका बिपन्न परिवारमा आशा तथा उत्साह जागेको देखिन्छ।यस नगरपालिकाको वार्डनं५,हात्तीगौडाको १२ घर परिवार लाई सामुहिक रुपमा घडेरी बितरण गरिएको छ।नगरप्रमुख शोमनाथ सापकोटाको प्रमुख आतिथ्यतामा उनिहरु लाई घडेरी प्रदान गरिएको हो।घडेरी बितरण कार्यक्रममा,नेकपा नगर ईन्चार्ज जिबन खरेल,जिल्ला सदस्य युबराज खरेल,आर्थिक संयोजक प्रकाश काफ्ले,सामाजिक बिकास संयोजक हरि छन्तेल,नेकपा नगर कमिटि सदस्य गोपीकृस्ण खरेल,नेकपाका बरिस्ठ नेता रमेश खरेल,शिक्षक हिरा अर्याल लगायत पत्रकार,आमसर्बसाधरणको बिशेष उपस्थिति रहेको थियो।घडेरी बितरण गरिएको र अब घर निर्माणको प्रक्रिया सुरु हुने बताईएको छ। बिपन्न तथा भौगोलिक रुपमा पछाडी परेका समुदायलाइ बस्ती स्थानान्तरण गरेर नगरपालिकाले राम्रो कामको सुरुवात गरेको छ साथै यस कार्य लाई मुनपा५मा मात्र नभई सबै वार्डमा पुर्याऊन जरूरी रहेको आम बिपन्न हरूको माग रहेको छ।