२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ मेलम्चीको बाढीले विद्यालय बगायो,विद्यार्थीका लागि पठनपाठनमा समस्या

मेलम्चीको बाढीले विद्यालय बगायो,विद्यार्थीका लागि पठनपाठनमा समस्या

सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले दुईवटा विद्यालय भवन बगाएको छ। गएराति आएको बाढीले एउटा सामुदयिक र एउटा निजी गरी दुईवटा विद्यालयमा क्षति पुर्‍याएको हो।

मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङमा रहेको तेर्से माध्यामिक विद्यालयमा आंशिक र हेलम्बु गाउँपालिका वडा नम्बर ४ मा रहेको इस्ट पोइन्ट एकेडेमीमा पूर्ण रुपमा बाढीले क्षति पुर्‍याएको छ।

निजी विद्यालय इस्ट पोइन्ट एकेडेमीको दुईवटा भवनमध्ये एउटा बगाएको र अर्को आधा भाग बगाएर आधा बाङ्गो अवस्थामा रहेको बताइएको छ। विद्यालयको कागजपत्रबाहेक अरु केही पनि बचाउन नसकिएको विद्यालयका प्रधानाध्यापकले जनाए।

त्यसैगरी मेलम्ची नगरपालिकाको तालामाराङमा रहेको तेर्से माध्यामिक विद्यालयको चारवटा कक्षा कोठा र शौचालय बगाएको छ।

राति १२ बजे आएको बाढीले विद्यालयको भवन बगाएको हो।यस विपत्तिसँगै असार १५ देखि विद्यार्थीलाई सिकाइसँग जोड्ने तयारी गरिरहेका यी विद्यालयमा अन्योल छाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु