गृहपृष्ठ म्याग्दी प्रवासी नेपाली संघ रास्ट्रिय कार्यकारी समिति पोर्चुगलको महाधिवेशन तयारी अन्तिम चरणमा ,सम्पूर्ण पोर्चुगल बासी नेपालीहरुलाई उपस्थित हुन अनुरोध
म्याग्दी प्रवासी नेपाली संघ रास्ट्रिय कार्यकारी समिति पोर्चुगलको महाधिवेशन तयारी अन्तिम चरणमा ,सम्पूर्ण पोर्चुगल बासी नेपालीहरुलाई उपस्थित हुन अनुरोध

पोर्चुगलमा स्थापनाकालदेखीनै सक्रिय सस्थाको नाम लिदा अग्रपंक्तिमा आउने नाम हो म्याग्दी प्रवासी नेपाली संघ रास्ट्रिय कार्यकारी समिति पोर्चुगल(मोना)।
सामाजिक ,कल्याणकारी कार्यमा निकै अग्रसर मोनाको यहीँ आगामी अक्टोबर १ तारीख आइतबार आठौं रास्ट्रिय महाधिवेशन हुँदै छ।
महाअधिवेशनले चुस्त-दुरुस्त नयाँ कार्यसमिति चयन गर्ने बताइएको छ।सो कार्यक्रममा लोकदोहोरी गायिका पनु रोका,लोकप्रिय गायक अर्जुन सुनाम ,सुबास पुनको विशेष गायन प्रस्तुति रहने छ। त्यहीँ सेरोफेरोमा दोहोरी भाकाहरु गुनगुनाउदा कार्यक्रम थप रोचक बन्ने निश्चित छ।
त्यस्तै डान्सर देवी गर्बुजा मगर र मेक्कु घर्तीको मनोरम नृत्य हुने जनाइएको छ।उक्त कार्यक्रममा कलाकारहरुलाई सम्मान गर्ने कार्यतालिका पनि रहेको महासचिव दिपु फगामीले जानकारी दिए।
कार्यक्रम भब्य र सभ्य बनाउन तयारी अन्तिम चरणमा पुगेको महासचिव फगामीले बताए।सम्पूर्ण पोर्चुगलबासी नेपाली संघ-सस्था,व्यवसायी ,पत्रकार एवं समस्त नेपालीहरुलाई उपस्थित हुन अध्यक्ष रबिन पुनले विशेष आग्रह समेत गरेका छन्।