२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ म्याग्दी प्रवासी नेपाली संघ(मोना)को आठौं अधिवेशन हुने,अधिवेशन भब्य बनाउने तयारी

म्याग्दी प्रवासी नेपाली संघ(मोना)को आठौं अधिवेशन हुने,अधिवेशन भब्य बनाउने तयारी

प्रवासमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) पोर्चुगलको आठौं अधिवेशन आगामी १ अक्टोबर २०२३ का दिन लिस्बनमा हुने भएको छ।अधिवेशनलाई भब्य र सभ्य बनाउन तयारी गरिरहेको सस्थाले जनाएको छ।

गत १७ सेप्टेम्बरमा बसेको मोना पोर्चुगलको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो। अधिवेशन City WokReaturent (Wokmandu)

Av. Columbano Bordalo Pinheiro 70, Lisboa मा दिनको ४ बजे हुने तय भएको जनाइएको छ। अरु आवश्यक जानकारीका लागि मोना पोर्चुगलका अध्यक्ष रविन पुनलाई फोन नम्बर 920201344 सम्पर्क गर्न आयोजकले अनुरोध गरेका छन्।

अधिवेशनमा पोर्चुगलका रहेका सम्पूर्ण म्याग्देली दाजुभाइ दिदिबहिनीहरुलाई उपस्थितिका लागि आयोजकहरुले आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु