२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ म्यानमारमा शैनिक शासक क्रुर बन्दै,सर्वसाधारणमाथी चरम दमन

म्यानमारमा शैनिक शासक क्रुर बन्दै,सर्वसाधारणमाथी चरम दमन

म्यानमारमा सैनिक शासकको क्रूरता दिनप्रतिदिन बढ्दै गएको छ। सुख, शान्ति र सुविस्ताले बस्न–सुत्न कसैले पाएका छैनन्। कुन बेला, कहाँ, कसरी, कति सैनिक आइपुग्छन् र उद्दण्डता मच्चाउँछन्, थाहा हुँदैन।


कुनै नगरमा अत्याचारको सीमा पार भएको छ,। गाउँ नै आगो लगाएर ध्वस्त पार्दैछन्। पछिल्लो समय छिन राज्यको थान्टालान सहरमा सेनाले घरघरमा आगो लगाएको छ। निभाउन गएका पदरीको उनीहरूले त्यहीं हत्या गरिदिएको यहाँका सञ्चार माध्यमहरूले लेखेका छन्। थान्टलान भारतसँगको सीमावर्ती सहर हो।

कया राज्यको ढिमसोमा पनि त्यसरी नै आगो लगाएर घर जलाइएको छ। प्रायः गाउँ–सहरमा वयोवृद्ध, भाग्न नसक्ने, अपांगता भएका र बालबालिकाको खुलेआम हत्या भइरहेको छ। यहाँसम्म कि शरणार्थी बनेर बसेका जंगल–जंगलमा गएर सैनिकले कुटपिट र हत्या गरिरहेका छन्।

कतिपय नगरबाट सबै विस्थापित भएका छन्। तिनले छाडेका घरबाट सेनाले बहुमूल्य सरसामान उठाएर लाने गरेका छन्। कति तोडफोड गरेर छाडिदिएका छन्। अधिकांश कर्मचारी शरणार्थी भएका कारण उनीहरूलाई फेरि काममा बोलाउन दबाब दिने हेतु अभिभावक र परिवारका सदस्यहरूलाई पक्रिएर थुनामा लाँदैछन्।

देशको प्रशासनिक अवस्था नाजुक छ। सर्वसाधारण बाहिर निस्कन त्राहिमाम छ। कतै चिवर धारण गरेका भन्तेहरूलाई कुटी–कुटी मारिएको छ। यस्तै अत्याचारपूर्ण क्रूर घटना सूर्योदयदेखि अर्को सूर्योदयसम्म भइरहेका छन्।

प्रायः गाउँ छाडेर शरणार्थी बन्न विवश भएका छन्। हत्या गरिएकाको अन्तिम संस्कार गर्ने व्यक्तिहरूसम्म छैनन्। मिजिमा न्युजले जनाएअनुसार थान्टलान गाउँमा २८ जना मात्र बाँकी छन्।

तिनमा कोभिड संक्रमितसमेत छन्। समाचारमा आएअनुसार हालै टमु गाउँमा एक युवा लेनदेनको हिसाब मिलाएर साथीको घरबाट राति १० बजे फर्किंदै गर्दा बाटामा सेनासँग जम्काभेट भयो।

उनीहरूले उनलाई निर्मम कुटपिट गरे। थिलथिलो बनाएपछि टाउकामा गोली हानेर हत्या गरेका छन्। उनको शव बाटामा फालिदिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु