गृहपृष्ठ यसरी बलियो देखिए सह-कोषाध्यक्ष उम्मेदवार तिलक गैरे
यसरी बलियो देखिए सह-कोषाध्यक्ष उम्मेदवार तिलक गैरे

युरोप । गैरआवासीय नेपाली संघ युरोप क्षेत्रका उपसंयोजक तिलक गैरे संघको आगामी ११ महाधिवेशनका लागि सह-कोषाध्यक्षको उम्मेदवारको रूपमा विश्व दौडाहामा छन् ।
गैरेले आफ्नो उम्मेदवारी र एजेन्डाहरुलाई मतदाता समक्ष प्रस्तुत गर्ने क्रममा युरोपका विभिन्न देशका एनसिसीहरुका प्रतिनिधि भेटघाट गरी मध्यपूर्वका आधा दर्जनभन्दा बढी देशका एनआरएनए अगुवा र प्रतिनिधिहरुसंग अन्तरक्रिया गरी पोर्चुगल फर्किएका छन् ।
युरोप र मध्यपूर्वका १५ भन्दा बढी देशका प्रतिनिधिहरुसंगको प्रत्यक्ष अन्तरक्रियापछि तिलक गैरे सह-कोषाध्यक्षमा सबैभन्दा ससक्त उम्मेदवारको रूपमा देखिएका छन् । अमिरिकाज्, ओसियाना र अष्ट्रेलिया क्षेत्रका एनसिसी र प्रतिनिधिहरुलाई पनि विभिन्न माध्यमले सम्पर्क गरी कुराकानी र अन्तरक्रिया गरिरहेको गैरेले बताए ।
१४ बर्षदेखि एनआरएनए अभियानमा सक्रिय अगुवाई र नेतृत्वदायी भूमिका खेल्दै आएका गैरेले गैरआवासीय नेपाली संघ पोर्चुगलको सदस्य, लेखा संयोजक, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष र अध्यक्षको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन् ।
गैरे व्यक्तिगत रूपमा खुला हृदयले सहयोग गर्ने समाजसेवीको रूपमा सुपरिचित छन् । उनले प्रवास र नेपालको विभिन्न क्षेत्रमा पचासौं लाख रुपैयाँ भन्दा बढीको आर्थिक सहयोग गरिसकेका छन् ।
हेरौं गैरेले सहयोग पुर्याएका केही उदाहरणहरु :
१) पोर्चुगल लगायत युरोपमा असामयिक निधन भएका व्यक्तिहरुको शव नेपाल पठाउन २० औं लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन् ।
२) पोर्चुगलमा अलपत्र परेर सडकमा बस्ने दर्जनौं व्यक्तिहरुलाइ उद्दार गरी नेपाल पठाउने र कतिपयलाई पोर्चुगल मै पुनः स्थापित गराउने कार्यको अगुवाई गरेका छन् ।
३) नेपालमा अपाङ्ग व्यक्तिहरुलाई ह्वील चेयरहरु उपलब्ध गराएका छन् ।
४) कोभिडको बेला नेपालमाअक्सिजन सिलिन्डरको सामग्रीहरु वितरण उपलब्ध गराएका छन् ।
५) कोभिडको बेला पोर्चुगलमा नेपालीहरु बसेको घर घरमा पुगेर खाद्यान्न लगायत औषधीहरु वितरण तथा कोभिड विरामीको उपचारका लागि पहलकदमी र अगुवाई गरेका छन् ।
६) एकल सुत्केरी महिलाहरुलाइ आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
७) नेपालको विभिन्न जिल्लाहरुमा खेलकुद सामग्री र खेलकुद विकासका लागि आर्थिक सहयोग गर्दै आएका छन् ।