गृहपृष्ठ युरोनेपाल कलाकार संघ बेल्जियमको कार्यक्रम भव्यताकासाथ् सम्पन्न
युरोनेपाल कलाकार संघ बेल्जियमको कार्यक्रम भव्यताकासाथ् सम्पन्न

युरोनेपाल कलाकारसंघ बेल्जियमले यहाँस्थित एन्टरपेन शहरमा देउसी भैलो शुभकामना साँझ भव्यताकासाथ सम्पन्न गरेको छ।
कार्यक्रम बेनेलक्स र यूरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। राजदूत राजभण्डारीले भन्नुभयो युरोपमा नेपाली भाषा ,कला – संस्कृतिको जगेर्ना गर्न युरो नेपाल कलाकार संघ बेल्जियमले खेलेको भूमिका ज्यादै नै गर्व गर्न लायक रहेको छ।
उहाले नेपाली समुदाय एकीकृत भई समुन्नत सांस्कृतिक समाजको स्थापना गर्न सहकार्य आवश्यक छ ,यसतर्फ संघ सफल हुने विश्वास व्यक्त गर्नुभयो।
प्रमुख अतिथी राजदूत राजभण्डारीले तीज कार्यक्रम संयोजकको रूपमा इमानदारितापूर्वक जिम्मेवारी सम्पन्न गरेकोमा बबिता केसीलाई सम्मान गरे।
नेपाली गीत सङ्गीतमा अतुलनीय योगदान गरेवापत संघका सकृय अभिभावक तथा सस्थापक मिन गुरुङलाई सम्मान पत्र प्रदान गर्नुभयो।
उक्त कार्यक्रमको उद्घाटन महामहिम राजदूत , अध्यक्ष बलराम पुन र सस्थापक अध्यक्ष मिन गुरुङले सयुक्त रूपमा पानसमा दिप प्रज्वलन गर्दै गर्नु भएको थियो।प्रारम्भमा नेपाली राष्ट्रीय गीत सामुहिक रूपमा गाउदै शुरु भएको थियो।
संघका अध्यक्ष बलराम पुनको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संस्थापक अध्यक्ष मीन गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिलाई आसन ग्रहण गर्दै शुरूवात गरिएको थियो।
नेपालबाट आएका कलाकार आइतराम गुरुङको विशेष साङ्गीतिक प्रस्तुती रह्यो। बेल्जियममा बसोवास गर्ने नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।
जातिय सङ्गठनका प्रतिनिधि, वैचारिक संस्थाका प्रतिनिधि तथा उपस्थित सबैलाई सामाजिक सद्भावलाई कायम राख्नुपर्छ भन्ने सन्देश प्रवाह गर्दै सन्चालक गडुल धोज – जिमी गुरुङले कार्यक्रम सञ्चालनका क्रममा सुझाब दिनुभयो।
संस्थाका उपाध्यक्ष मुना ताम्रकारले सबैलाई स्वागत गर्नु भएको थियो।संस्थापक अध्यक्ष मिन गुरुङले संस्कार र संस्कृति रगतमा बगिरहन्छ र हामीलाई सात समुद्र पारी पनि पछ्याउछ।
स्थापनाकाला ताका नेपाली साथीहरूलाई मादल हारमोनियाम बजाउन सिकाइएको स्मरण गर्नुभयो। समस्यालाई समाधान गरेर आज संस्कृति प्रवर्द्धन गर्न सफल बनेको र दूतावासबाट मूल्याङ्कन र सहयोग-सद्भाव रहेको बताउनुभयो।
गैर आबासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष बिशेष अतिथि तिर्थ धमलाले भेष भुषा रहन सहन सङ्गीत नेपाली भाषा कला संस्कृतिको जगेर्ना गर्न अतुलनीय योगदान कलाकार संघको रहेको बताउनु भयो।
नेपाली समुदाय एकीकृत भई समुन्नत समाजको स्थापना गर्न सहकार्य आवश्यक छ र चिनाउन सफल हुने विश्वास व्यक्त गर्नुभयो।
दुई चरणमा गरिएको कार्यक्रमको पहिलो चरण जिमी गुरुङ तथा दोस्रो चरणको सांस्कृतिक कार्यक्रम एडिनाके सीले गर्नु भएको थियो। संघमा ठूलो योगदान रहेको कलाकार जिमी गुरुङले सामाजिक सद्भाव फैलाउने उद्देश्यले आफ्नै रेकर्ड गरेका सद्भाव राख सबैमा बोलको सुमधुर गीत गाएर दर्शकको मन्त्रमुग्ध पारे।
वहाले सालेजो गीत गाएर समेत सबै दर्शक नचाउन सफल भए।
विदेशी कलाकार आँसुले समेत नेपाली गीत मा नृत्य प्रस्तुत गरिनl घैलामा आगो बाली टाउकोमा राखी पैतालाले कासको थालको बिटमा टेकेर निकै आकर्षक र भव्य नृत्य प्रस्तुत गरेकी थिइन्।
लाहुरे कान्छा नामले चिरपरिचित बेल्जियम निवासी स्थानीय कलाकारको निकै सुन्दर सांगीतिक प्रस्तुती रहेको थियो। शालीन स्वभावका जनप्रिय राजदूत परिवार सहित बालकलाकार साथ साथै अन्य कलाकारहरूको प्रस्तुती निकै चाख मानेर कार्यक्रमको अन्त्य सम्म नजर गरेर हौसला प्रदान गरे।
संस्थाका प्रतिनिधित्व गरेर उपस्थित भई गाउँघरको याद दिलाउदै सयपत्रीको सुवास फैल्याउदै सुमधुर शब्दसहित शालीन शुभकामना मन्तव्य उपस्थित अतिथीहरुले व्यक्त गरेका थिए।
स्थानीय बाल कलाकारहरूको नृत्य हेरेर प्रमुख नृत्य शिक्षिका कोरियोग्राफर मिङ्मा डिकी शेर्पा र प्रमिसा सापकोटा एन्टरपेनबाट कोरियोग्राफर तथा नृत्य शिक्षिका देवी गर्बुजा पुनको निकै सुन्दर कोरियोग्राफी र प्रशिक्षण उत्कृष्ट रहेको प्रस्ट हुन्थ्यो।
नेपालीहरूको घना बस्ति रहेको लुभेन नगरपालिका पहिलो नेपाली वडा सदस्य कृष्ण सगुन क्षेत्री एनआरएन अभियन्ताहरू रोशन जोशी , दिपक न्यौपाने / चीत्र सुवेदि / शिब कुमार बरूवाल / गङ्गाधर गौतम / लोक प्रसाद दहाल / गङ्गा शर्मा / / तथा राजनैतीक भातृ संगठनहरू. दिपेन्द्र केसी / प्रवासी नेपाली ऐकता मन्च ,श्याम बुढा मगर / मगर राष्ट्रिय मुक्ति मोर्चा , पूर्ण तीमल्सीना / जनसम्पर्क समिति ,सुरेन्द्र भुषालको उपस्थिति थियो।
त्यस्तै जनप्रगतीशिल मन्च यूरोप ,चन्द्र कुमारि गुरुङ (ईशा) प्रवासी नेपाली मञ्च ,प्रकाश पौडयाल / जनप्रगतीशिल मन्च , मनीष गुरुङ / तमु राष्ट्रियमुक्ति मोर्चा यूरोप इन्चार्ज जातीय संस्थाहरू बिरमान घर्तीमगर / अध्यक्ष जनजाति महासंघ बेल्जियम , प्रबिना गुरुङ / तमुधिं, कृष्ण सुनार / दलीत समाज दिपक कार्की / क्षेत्री समाज दिनेश मल्ल / ठकुरी समाज , इन्दिरा चामलीङ / कार्यवाहक अध्यक्ष, संयुक्त किरांत समाज /, राम लामा / तामाङ समाज , ओमराज गुरुङ / तमु समाज ,सोनाम सेर्पा / सेर्पा किदुक , साम्दुप सेर्पा / हिमालयन शेर्पा सांस्कृतिक समाज , चीज कुमार श्रेष्ठ लगायत ,
पाशापूच सामाजिक संस्थाहरू… बीनीता रिमाल / अन्तराष्ट्रिय कलाकार समाज , खडानन्द पौडयाल / एभरेष्ट नेपाली सोसाइटी ब्रुज , नारायण अधिकारी / साङग्रीला समाज , राजेन्द्र बारी / लुम्बिनी कपिलवस्तु अभियान , सोताङ तामाङ / हिमालयन सोसाइटी , खडा नन्द पौडेल / एभरेष्ट नेपाली समाज , ज्ञानु थापा / यूरो नेपाल खेलकुद संघ , हिमाल थापा / ऐकता समाज हरी श्रेष्ठ / अन्नपूर्ण क्लब ब्रुसेल , नेपाली पोर्तुगल सम्पर्क , भिम सुवेदि / ब्रुसेल मिलन केन्द्र , अम्बिका गुरुङ / नेपाली परिवार गेन्ट , ब्रम्हादत वाग्ले /नेपाली समुदाय ओस्टन्डे मीनड गुरुङ / इन्द्रधनुष क्लव क्षेत्रीय संस्थाहरू…..बिजय मल्ल/नवलपरासी समाज बेल्जियम दामन तामाङ /धादिङ समाज डिल्लीराम भण्डारी /कास्की समाज ओम प्रसाद गुरुङ /सिक्लेश पार्छे कल्याण कोष सुदर्शन सिंखडा/उपत्यका समाज गोपाल दाहाल,पुर्वेली समाज पर्शुराम रेग्मी,स्याङ्जा समाज दिनेश उप्रेती ,काभ्रेली समाज नन्द कुमारी गुरुङ ,पर्वत समाज रकेन्द्र घिमिरे,म्याग्देली प्रवासी संघ(मोना) मोहन शर्मा ,बाग्लुङ समाज अतिथी रहनु भएको थियो।