२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ युरोपका नेपाली महिला अगुवाहरुले अनलाइनमा गरे अन्तरक्रिया

युरोपका नेपाली महिला अगुवाहरुले अनलाइनमा गरे अन्तरक्रिया

राजकुमार थापा

लिस्बन, पोर्तुगल । कोरोना कहर चलिरहदा युरोपका नेपाली महिला अगुवाहरु जुम एप प्रयोग गरी अनलाइन अन्तरक्रियामा जुटेका छन् । यस्तो अवसर पोर्तुगलमा क्रियाशील नेपाली महिला समाजले जुराएको हो ।
हिजो मे २६ तारिख युरोपका १० देशमा विभिन्न संघ-संस्थाको नेतृत्व गरिरहेका महिलाहरुले कोरोना भाइरसले युरोप रहेका नेपाली महिलाहरुलाइ पारेको प्रभाव, उत्पन्न समस्या समाधान र सहयोगका उपायहरुबारे गहन छलफल भएको आयोजक सस्थाकी अध्यक्ष निर्मला ढकाल खरालले बताइन् ।

एनआरएनए युरोपकी महिला संयोजक योगिता थापाको प्रमुख आतिथ्यता र एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङको विशेष आतिथ्यतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा एनआरएनए पोर्तुगलकी महिला संयोजक सुशीला थापा, एनआरएनए डेनमार्ककी महिला संयोजक शोभा न्यौपाने, एनआरएनए फिनल्यान्डकी महिला संयोजक निरु खरेल, एनआरएनए नर्वेकी महिला संयोजक सीता सुवेदी, क्रियटिभ वमेन डेनमार्ककी श्रेया महर्जन, किराँत याक्थुम चुम्लुङ्ग पोर्तुगलकी अध्यक्ष दीपा लिम्बू, शेर्पा सोसाइटी पोर्तुगलकी अध्यक्ष निमलम्हु शेर्पा, स्पेनको नेपाली भाषा बाल कक्षा संचालिका सरला सापकोटा, एनआरएनए स्विडेनकी सदस्य रमा श्रेष्ठ, एनआरएनए पोल्यान्डकी सदस्य आशा पाण्डे, साहित्यकार तथा समाजसेवी शोभा गजुरेल फ्रान्स लगायतको उपस्थिति थियो ।

उपस्थित प्रमुख अतिथि लगायत अतिथिहरुले आफु रहेको देश र नेतृत्व गरेको संस्था र कोभिड-१९ ले महिलाहरुमा पारेको प्रभावबारे जानकारी दिएका थिए । एकआपसका अनुभव आदानप्रदान गर्ने र सुखदुःख साट्ने अवसर प्रदान गरेकोमा आयोजक संस्था र नेतृत्वलाई धन्यवाद दिदै भविष्य पनि यस्तो खालको कार्यक्रम आयोजना भइरहनु पर्ने कुरामा जोड दिएका थिए ।

नेपाली महिला समाज पोर्तुगलकी अध्यक्ष निर्मला ढकाल खरालको अध्यक्षता, महासचिव सरिता शर्माको संचालन र उपाध्यक्ष माया खरालको स्वागत सम्पन्न कार्यक्रममा महिला समाजकी उपाध्यक्ष सुनिता भट्टराई, सचिव सरला तिम्सिना, सदस्य शान्ति अर्याल अधिकारी, सरिता पौडेल, मिनु कुँवर लगायत समाजका अन्य महिलाहरुको सक्रिय उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु