गृहपृष्ठ युरोपका पत्रकारका लागि श्रव्य दृश्य उत्पादन तालिम सम्पन्न
युरोपका पत्रकारका लागि श्रव्य दृश्य उत्पादन तालिम सम्पन्न

लिस्बन । युरोपका पत्रकारका लागि आज श्रव्य दृश्य कार्यक्रम उत्पादन तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पोर्तुगल शाखाले आयोजना गरेको तालिममा ६ देशका २१ जनाको सहभागिता रहेको थियो ।
तालिममा श्रव्य दृश्य कार्यक्रमलाई रोचक, प्रभावकारी र लक्षित वर्गलाई उपलब्धी प्राप्त गर्ने बनाउन विचार पुर्याउनुपर्ने कुरामा जोड दिइएको थियो । प्रविधिको व्यापक विकाससँगै अवसर र चुनौति पनि बढेको सन्दर्भमा विश्वसनीय सामुदायिक र परोपकारी पत्रकारितालाई प्राथमिकता दिनुपर्ने सहजकर्ताहरुको सुझाव रहेको थियो ।
तालिमको सहजीकरण एभिन्युज टेलिभिजनका प्रस्तोता राजेन्द्र बानियाँ र न्युज २४ टेलिभिजनका प्रस्तोता प्रमोद न्यौपानेले गरेका थिए । कार्यक्रमको शुरुवातमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव लक्ष्मी पुनले तालिमको सफलताको शुभकामना दिएकी थिइन् ।
कार्यक्रममा पोर्तुगलका कलश खरेल, राजकुमार थापा, यमुना छन्त्याल, बासु सत्याल, भगवान गिरी, चन्द्रमणी उपाध्याय र शान्ति अर्याल अधिकारी, प्रवीण धिताल सहभागी भएका थिए । यसैगरी बेल्जियमका डिल्ली अम्माई, ओम शर्मा, शेरबहादुर छन्त्याल, नीलम सापकोटा घिमिरे, जर्मनीबाट सुमन वाइबा, प्रेम पोमु र दीपक धितालको पनि सहाभागिता रहेको थियो । नेदरल्यान्ड्सका द्रोण रिजाल र साइप्रसका दिनेश गौतमले पनि तालिममा भाग लिएका थिए ।
तालिम जुम एप प्रयोग गरी सञ्चालन गरिएको थियो । कार्यक्रममा शुभकामना मन्तव्य राखिदिएकोमा केन्द्रीय सचिव पुन, सहजीकरण गरिदिएकोमा सहजकर्ताद्वय बानियाँ र न्यौपानेप्रति आभार प्रकट गर्दै शाखाका संयोजक योगेन्द्रमिलन छन्त्यालले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । तालिम कार्यक्रममा शाखाका सहसंयोजक राजकुमार थापाले स्वागत र सञ्चालन शाखाका प्रवक्ता पेम्बागेलु शेर्पाले गरेका थिए ।