गृहपृष्ठ युरोपभरका कांग्रेस सभापतिहरूको महामन्त्री गौतमसँग अनुरोध
युरोपभरका कांग्रेस सभापतिहरूको महामन्त्री गौतमसँग अनुरोध

युरोप भित्रका जनसम्पर्क समितीका सभापतीहरूको बैठक बसेर सामुहिक निष्कर्ष निकाल्दै युरोप महामन्त्री गंगाधर गौतमलाई पत्र लेख्दै अधिवेशन केही दिन पर सार्न अनुरोध गरेका छन्।
यसै हप्ता जुम प्रविधी मार्फत युरोप स्थित नेपाली जनसम्पर्क समितीका सभापती हरूको बैठक सम्पन्न भएको थियो। बैठकका निम्नलिखित निर्णयहरु:
१ .बैठकले विश्वभर रहेका नेपाली जनसम्पर्क समितिहरुको उचित ब्यबस्थापन, सुपेरिबेक्षण र नियमनका लागि महादेशीय समन्वय समितिहरू उपयोगी हुन सक्ने कुरा सबैले मनन गरेकै छौ। यस युरोप क्षेत्रमा लामो समय देखि कृयाशील रहेको नेपाली जनसम्पर्क समन्वय समिती युरोपमा विगतमा जे -जस्तो विवाद रहे पनि आगामी अधिवेशनमा सबै कांग्रेसी साथीहरुको साझा र अपनत्व हुने गरी समाबेशीका साथ सम्पन्न गर्न पहल कदमी गर्ने निर्णय गरेको छौँ।
२. विगत लामो समय देखि नेपाली जनसम्पर्क समन्वय समिती युरोपमा देखीएको विवाद तथा नेपाली कांग्रेसका साथीहरूको पहलमा निर्माण गरिएको अर्को समितीका गतिविधीले नेपाली कांग्रेस तथा नेपाली जनसम्पर्क समिती र यो बिचार र सिद्धान्त बोकेर हिँड्ने कुनै व्यक्ती अथवा संस्थालाई फाइदा नपुर्याएको बरु सांगठनिक रुपमा नोक्सान पुर्याएको ठहर गरेका छौं। त्यसैले अहिले देखिएको मत मतान्तर र गुटबन्दीलाई निर्मुल गर्दै एक ढिक्का भएर आउदै गरेको नेपाली काँग्रेसको १४ माहाधिवेशनमा माहादेशिय समन्वय समितिहरुलाई समेत पार्टीको विधानमा लिपीवद्ध गर्न पहल गर्नेछौ।
३.आपसी कलह र खिचातानीले संगठनलाई हित नगरी नोक्साननै गरिरहेकोले यथाशिघ्र आवश्यक बृहत छलफल गरी प्राप्त उपलब्धिलाइ संस्थागत गर्दे गुट, उपगुट रहित , प्रकृयागत विधि र पद्धतीको विकाश गर्दै संस्थालाई एकताबद्ध बनाउनु आजको आवश्यकता भएकोमा एकमत जाहेर गर्दछौं।
४ .यहाँ (युरोप) स्थित सबै जनसम्पर्क समितिहरु सहित अधिकांश कांग्रेसजनहरुको एकताको अधिवेशनका लागि शुभेक्षा र सद्भाव हुँदा हुदै पनि पन्ध्र बर्षसम्म अधिवेशन नगरी बन्दी बनेको यस नेपाली जनसम्पर्क समन्वय समितिको अधिवेशन सम्वन्धित पक्षहरू बीचमा कुनै सरसल्लाह,संवाद र सहमति बेगर आगाडी नबड्न संस्थागत हित मा हुनेछ। अन्यथा हामीले सहमति,सहकार्य र एकताको लागि गरेको अथक प्रयासलाइ मद्दत गर्दैन। यसर्थ युरोप क्षेत्रमा रहेका कांग्रेसीहरुलाई एकीकृत गरी सबै साथीहरूको स्वामित्व रहने गरी छिटै एकताको अधिवेशन आवश्यक देखिएकोले सम्बन्धित पक्षलाइ अभिभाबकीय भूमिका निर्वाह गर्न ध्यान आकर्षण गर्दछौ।
सबै देशमा स्थापित जनसम्पर्क समितिहरू पार्टीका वैधानिक निकाय भएको स्मरण गराउँदै पार्टीको आधिकारिकता प्राप्त नगरेका,केन्द्रले कुनै निर्देशन नगरेका र विवाद ग्रस्त कुनै पनि संरचनामा हाम्रो संलग्नता नरहने निर्णय गरेका छौँ।
५ .अन्तमा एकताको अधिवेशनका लागी सबै नेपाली जनसम्पर्क समितिहरुलाई समेत पदेन सदस्य राखि सर्बपक्षीय मूल समिती गठन गरि एकताको अधिवेशन गर्ने गरि आगामी २८ डिसेम्बरमा तय भएको युरोप कांग्रेसको मिति केहि समय सार्न अनुरोध गरेको छ। यसरी हिजो सम्म जनसम्पर्क समितिलाई अवैधानिक भन्नेहरू समेत यो सामुहिक अनुरोध गर्नेहरूमा रहेका छन्।
अनुरोध गर्ने युरोपभरका सभापतिहरूमा
सिता सापकोटा – बेल्जियम ,सिता अर्याल साईप्रस ,वीरेन्द्र सिंह कार्की डेनमार्क, सुधीर राना फ्रान्स, शिखर खड्का जर्मनी ,, प्रेमसिंह गुरुङ नेदरल्याण्ड, राजन चापागाई ईटली ,खगेश्वर अधिकारी इजरायल ,बालकृष्ण सापकोटा लक्जेम्बर्ग ,र संदेश के. सी माल्टा, जितेन्द्र शाही नर्वे ,डा अलिनी पोखरेल (सुबेदी ) पोल्याण्ड ,ईन्द्र प्रसाद शर्मा स्पैन, नवीन थपलिया स्वीडेन, श्याम सापकोटा स्वीट्जरल्याण्ड ,शुक्रराज न्यौपाने आयरल्याण्डरहेका छन्।
आगामी डिसेम्बर २८ मा हुने अधिवेशनको लागी समितीको तर्फबाट महाधिवेशन तयारीको लागि सभापति दिल गुरुङ्को संयोजकत्वमा अधिवेशन मुलआयोजक समिति, बरिष्ठउपाध्यक्ष पूर्ण हमालको संयोजत्वमा निर्वाचन समिति, शशी पौडेलको संयोजकत्वमा विधान समिति, उपसभापति जानकी गुरुङको संयोजकत्वमा समन्वय तथा अनुगमन समिति, विनोद घिमिरेको संयोजकत्वमा प्रविधी सहयोग तथा प्रचारप्रसार समिति, दयाराम पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ।
उक्त पत्रको बारेमा समितिका महामन्त्री गंगा धरगौतमसँग राखेको जिज्ञासामा गौतमले साथीहरुको माग सम्बोधन गर्दै अधिवेशन मुल आयोजक समिति गठन गरिएको र नेपाली कांग्रेस केन्द्रिय कार्यालयको निर्देशनमै माहधिवेशन आयोजना गरिएको हुदाँ केन्द्रिय कार्यालयको निर्देशन र परिपत्रनै अन्तिम हुने र सोही अनुसार अगाडी बढ्ने बताउनु भयो।