२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ युरोपमा खोज पत्रकारिताको तालिम सप्पन्न

युरोपमा खोज पत्रकारिताको तालिम सप्पन्न

युरोपका विभिन्न देशमा कृयाशिल नेपाली पत्रकारहरुको सहभागितामा एक दिवसीय खोज पत्रकारीता तालिम सम्पन्न भएको छ।तालिममा खोज पत्रकारहरूले अपनाउनु पर्ने विधि,तौरतरिका र जोखिमको मुल्यांकन लगायतका बिषयमा सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो।

उक्त कार्यक्रममा खोज पत्रकारीता केन्द्रकी निवर्तमान अध्यक्ष एवम् सल्लाहकार नम्रता शर्मा र नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय अध्यक्ष एवम् खोज पत्रकारीता केन्द्रका सम्पादक शिव गाउँलेले सहभागी पत्रकारहरुलाई प्रशिक्षण दिएका थिए।

तालिम निकै रोचक र उपलब्धि मूलक भएको सहभागीहरुले जनाएका छन् । तालिममा बेल्जियम ,पोर्चुगल,स्पेन,जर्मनी र फ्रान्स सहित १० देशका नेपाली पत्रकारहरुको उल्लेख्य सहभागिता रहेको थियो।कार्यक्रमको आयोजना नेपाल पत्रकार महासंघ पोर्चुगल शाखा र बेल्जियम शाखाले संयुक्त रुपमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु