गृहपृष्ठ युरोपमा रेलको लिकमूनि गुमेको एउटा नेपाली !
युरोपमा रेलको लिकमूनि गुमेको एउटा नेपाली !
बिदेशमा नेपालीहरुको आत्महत्या संंख्या बढ्दै

मानिस अन्तिम बिन्दुमा पुगेर बिकल्पको रुपमा मृत्यु रोज्छ, आत्महत्या सदाकालागि समाधान पक्कै होइन, यद्यपि निराशाको डिलमा पुगेपछि एउटा सहज तर निर्मम निष्कर्ष हो मृत्युवरण ! आत्महत्या गर्नुका पछाडि तीनवटा बिषयले मुख्य रूपमा भुमिका खेलेको हुन्छ, एक सामाजिक बहिष्कार, दुइ पारिवारिक कलह र तीन असफलताको आवेग ।
बेल्जियमका एकजना नेपालीले पारिवारिक कलहका कारणले जीवन गुमाउन आत्महत्याको यही दु:खद बाटो रोजेका छन् । आत्महत्या गर्ने नेपाली पर्वत जिल्ला निवासी ३५ बर्षिय सुमन जैसी हुन्। उनले बेल्जियममा रहेको आस्को रेल लिकमा अचानक हाम फालेर आफ्नो अमुल्यको इहलिला समाप्त गरेका हुन् ।
उनी लामो समयदेखि बेल्जियममा बस्दै आईरहेका थिए, भने उनका बुवा-आमा ,श्रीमती र छोरी पनि बेल्जियममै रहेका छन् । अन्तरजातीय बिबाह गरेका कारण परिवारले स्वीकार नगरेको र उक्त कारणले गर्दा श्रीमतीसँग सधैं खटपट बढ्दै जाँदा उनले रेलको लिक मुनि हाम फालेर अल विदा भने । उनका साथीहरुका अनुसार उनी केही दिनदेखि बिक्षिप्त अबस्थामा थिए, उनले डिप्रेसनको औषधि पनि सेवन गरिरहेको बुझिएको छ।