Covid-19
City Express

पर्यटन मन्त्री भट्टराईद्धारा युरोप नेपाली खबर नामक अनलाईन पत्रिका उद्घाटन

युरोपमा अर्को नयाँ अनलाइन पोर्टलको सुरुवात

युरोपमा आज शनिवार युरोप नेपाली खबर नामक अनलाईन पत्रिकाको भर्चुवल अनलाईन मार्फत उद्घाटन गरिएको छ।

युरोपियन देश पोर्तुगलमा लामो समय देखि कलम चलाई रहेका बरिष्ठ पत्रकार राजकुमार थापको नेतृत्वमा नेपाल सरकारका पर्यटन एवं  नागरिक उड्डयान मन्त्री योगेश भट्टराईले जुम अनलाईन मार्फत उद्घाटन गर्नु भएको हो।

कोरोना भाईरसले गर्दा विश्व थलामा परिरहेको बेला संसार भरका संचार माध्यमहरुले अत्यन्त महात्वपुर्ण भुमिका खेलिरहेको भन्दै नेपाली पत्रकारहरुले पनि प्रवासी नेपालीहरुका लागि अतुलनिय योगदान गरिरहेको मन्त्री भट्टराईले बताउनु भएको थियो।

मन्त्री भट्टराईले विदेशमा रहेका नेपालीहरुको अवाजलाई बुलन्द गर्नका लागि नेपाली खबरले महात्वपुर्ण भुमिका खेलोस भनी शुभकामना दिनुभएको थियो।

अनलाईन खबरका सल्लाहकार बलराम थापको अध्यक्षता तथा संस्थापक सम्पादक राज कुमार थापाको संचालनमा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघंका केन्द्रिय अध्यक्ष कुमार पन्त , फ्रान्सका नेपाली राजदुत दिपक अधिकारी,नेपाल पत्रकार महासघंका केन्द्रिय अध्यक्ष गोबिन्द अचार्य , महासचिव रमेश विष्ट , एन.आर.एन.का केन्द्रिय उपाध्यक्ष बद्रि केसि , अर्का उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ,महासचिव डा. हेमराज शर्मा प्रवक्ता डि.बि. क्षेत्री, नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राई, पत्रकार महासंघ बेल्जीयम शाखाका संयोजक ओम शर्मा, पोर्तुगल शाखाका सयाेंजक योगेन्द्र मिलन छन्त्याल उपस्थित हुनु भएको थियो।

त्यस्तै गैरआवासीय नेपाली संघ पोर्तुगलका अध्यक्ष तिलक गैरे, एनआरएन युरोपका क्षेत्रिय संयोजक नारायण अर्चाय,नमुना नेपालका सम्पादक कलश खरेल , रासस प्रतिनिधि भगवान गिरी,पत्रकार दिपेन्द्र गजुरेल, न्युज पिएन टिभीका सम्पादक शेर बहादुर परियार लगाएत जपान , अमेरिका , नेपालका पत्रकार एवं समाजिक संघ-सस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु