२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ युरोपेली मुलुक क्रोसिया गएका नेपालीलाई सचेत गराउदै : घिमीरे

युरोपेली मुलुक क्रोसिया गएका नेपालीलाई सचेत गराउदै : घिमीरे

विगत लामो समय देखि समाजसेवा गर्दै आएका सुवास घिमीरे हाल नेपालको राजधानी काठमाडौं बस्दै आएका छन्। आज हामी उही समाजसेवी घिमीरेको चर्चा -परिचर्चा गर्न गएका छौं।

युरोपेली मुलुक क्रोसियामा अहिले नेपालीहरुको मुख्य रोजगारीको गन्तब्य बन्दै गएको कुरा त सबैमा जगजाहेरनै छ। २०१८ देखि अहिले सम्म करिब २० हजार नेपाली यहाँ आएको हुन् सक्ने अनुमान गरिएको छ तर अहिले कति नेपाली यहाँ कार्यरत छ भन्ने विवरण पुष्टि छैन।

त्यहाँ अहिलेसम्म नेपाली राजदूतावास नभएको अवस्था छ भने अहिले नेपालीहरुको बाक्लो उपस्थिति सँगै विभिन्न समस्याहरु पनि बढ्दै गैरहेका छन् ।

यहाँको विभिन्न सस्था या व्यक्तिहरुबाट समस्या भएको कामदारहरुलाई सहयोग गरिरहेको पनि छ। यहाँ समस्या भनेको मुख्य कुरा भाषा, संस्कृति ,कानुन, श्रमीक नीति नियम थाहा नहुनु हो। त्यहीँ कुराहरुलाई सुवास घिमीरेले नेपालमा बसेर क्रोसियाको विभिन्न जानकारीहरु दिने गरेका छन्।

हुन त नेपालमा बसेर आफ्नो भन्दा प्रदेशमा भएका नेपालीहरुलाई न्युजको माध्यमबाट जानकारी दिने प्राय: कम मान्छेनै हुन्छन्।

झापा ,गौरादहमा जन्मेका घिमीरे २ बर्ष भन्दा बढी यस सेवामा काम गरिरहेका छन्। उनले भने : “२ बर्ष देखी सेवा गर्दै आएकोले गर्दा हामीले गरेका काममा जति जनाले हामीबाट सेवा लिनु भएको छ।

उहाँहरु हाम्रो सेवामा खुशी हुन्नुहुन्छ। त्यसैले गर्दा हामीले दिनरात नभनी क्रोसियामा भएका नेपालीहरुको लागि सेवा गरि रहेको छौँ”।

क्रोसियामा रहेका नेपालीहरु जति पनि हुन्नुहुन्छ ,नेपाल देखी चाहिने सबै कागजातका कामहरु जतिपनि घिमिरेले युटुबमा भिडियो बनाएर हाल्ने गर्छन्। त्यहीँ युटुबमा भिडियो बनाएर घिमिरेले क्रोसियामा रोज़गारीमा रहेका नेपालीलाई सचेत गराऊदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु