२०८० असोज १० गत बुधवार | September 27, 2023

गृहपृष्ठ युरोपेली मुलुक माल्टामा एक नेपाली युवाको सडक दुर्घटनामा ज्यान गयो

युरोपेली मुलुक माल्टामा एक नेपाली युवाको सडक दुर्घटनामा ज्यान गयो

घटना दुखद-एनआरएनए माल्टा अध्यक्ष -अर्याल

माल्टामा सडक दुर्घटनामा परी एक नेपाली युवाको मृत्यु भएको छ। रोजगारीको लागि माल्टा आएका नेपालगञ्जका २८ वर्षीय अजय श्रेष्ठको १६ डिसेम्बर बुधवार सडक दुर्घटनामा मृत्यु भएको एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले जानकारी दिएका छन्।घटना नेपाली समुदायको लागि निकै दु:खद भएको अर्यालको भनाइ थियो।

श्रेष्ठले फुड डेलिभरीको काम गर्थे । बुधवार बिहान डेलिभरीकै क्रममा उनी दुर्घटनामा परेका हुन्।

स्थानीय मिडियाका अनुसार मार्साको एल्डो मोरो सडकमा विपरीत दिशाबाट आएको ट्रक अनियन्त्रित भइ ल्याम्प पोस्टमा ठोक्किएको थियो।

भारी स्क्र्याप मेटलको लोड ट्राफिकको विपरित लेनमा खसेको थियो। तीमध्ये केही धातु श्रेष्ठमाथि खसेको थियो। श्रेष्ठलाई तत्कालै स्थानीय माटेरदेई अस्पताल पु¥याइ पनि डाक्टरले मृत घोषणा गरेका थिए।

एनआरएनए अध्यक्ष अर्यालले मृतक श्रेष्ठको शवलाई नेपाल पठाउन आफूहरुले आर्थिक सहयोग संकलन अभियान चलाइएको बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु