२०८० मंसिर २५ गत सोमवार | December 11, 2023

गृहपृष्ठ युरोपमा नेपालीमाथि पहिलो संक्रमण, पोर्तुगलमा एक नेपालीलाई कोरना भाइरस भएको पुष्टि

युरोपमा नेपालीमाथि पहिलो संक्रमण, पोर्तुगलमा एक नेपालीलाई कोरना भाइरस भएको पुष्टि

युरोप नेपाली डटकम, लिस्बन, पोर्तुगल । पोर्तुगलको फारो इलाकामा बस्ने एक नेपालीलाई कोरना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । नेपालको पोखरा घर भएका उक्त व्यक्ति विरामी भइ हस्पिटल पुर्याउदा कोरना भाइरस पोजेटिभ देखिएको हो । उनी इन्डियनद्वारा संचालित कृषि कम्पनीमा काम गर्दै आएको बुझिएको छ ।

उनलाई हस्पिटल लिएर जाने उनका साथी कोरना भएको सुने पछि डरले भागेका थिए । पछि स्थानीय प्रहरीले खोजतलास गरि निजहरु बस्ने घर ठेगाना पत्ता लगाई घरमा बस्ने सम्पुर्णलाई केही समय अघि पक्डिएर हस्पिटल ल्याएको स्थानीय एकजना नेपाली समाजसेवीले नाम उल्लेख नगर्ने सर्तमा बताए ।

यसरी पोर्तुगलमा नेपालीलाई कोरना भाइरस भएको पुष्टि भएसंगै युरोप मै नेपालीलाई कोरना संक्रमणको पहिलो केस बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु