२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ “योगदान राष्ट्रको लागि” रुपन्देही जिल्ला कार्य समिति गठन

“योगदान राष्ट्रको लागि” रुपन्देही जिल्ला कार्य समिति गठन

“योगदान राष्ट्रको लागि” नामक राष्ट्र ब्यापी सामाजिक संस्थाको आज एक कार्यक्रमका बिच रुपन्देही जिल्ला कार्य समिति गठन भएको छ।

२१ सदस्यीय समितिमा अध्यक्ष- मेघराज अर्याल, उपाध्यक्ष- जय कुमार यादव, सचिव- भरत पौडेल, कोषाध्यक्ष- रुपा रसाइली, सह-सचिव- राम प्रकाश पाण्डे सर्वसम्मत चयन हुनुभएको छ।

दैवीप्रकोप, प्राथमिक उपचार तथा विपत ब्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन गर्ने तथा सुबिधा सम्पन्न एम्बुलेन्स सेवा संचालनमा ल्याउने यस संस्थाको प्रमुख उदेश्य रहेको संस्थाका अध्यक्ष श्री मेघराज अर्यालले जानकारी गराउनु भयो।

“प्राथमिक उपचार हाम्रो सरोकार” भन्ने मुल नाराका साथ स्थापित उक्त संस्थाले अन्य सामाजिक संघ संस्था संग पनि सहकार्य गर्दै जाने उहाँको भनाइ थियो।

आर्थिक ब्यवस्थापन जटिल समस्या भएका कारण जिल्ला भरिका नगरपालिका र गाउँपालिका संग छिट्टै परिचयात्मक कार्यक्रम आयोजना गर्ने कुरामा अध्यक्षले जोड दिनु भएको थियो।

सम्पुर्ण बुद्धिजीवी, सामाजिक अभियन्ता, व्यापार तथा उद्योगपति, विभिन्न राजनीतिक दल तथा सर्वसाधारणको सहयोग रहने कुरामा आफू बिश्वस्थ रहेको पनि अध्यक्ष मेघराज अर्यालको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु