गृहपृष्ठ रबिन अधिकारी, केन्द्रीय युवा संयोजकमा रोजिएका उम्मेदवार ,यस्ता छन् जीत्ने आधार
रबिन अधिकारी, केन्द्रीय युवा संयोजकमा रोजिएका उम्मेदवार ,यस्ता छन् जीत्ने आधार

पोर्चुगल । आर्थिक पारदर्शी, सालिन र सबैको मनमा बस्न सफल पोर्चुगलका व्यवसायी रविन अधिकारी गैरआवासीय नेपाली संघको युवा संयोजमा निर्वाचन लड्ने तयारीमा जुटेका छन् ।
यहीँ अक्टुबर १७ देखि २० तारिखमा हुने ११ औं महाधिवेशनबाट अधिकारी युवाको नेतृत्व गर्न चाहन्छन् । भद्र स्वभावका अधिकारी युवामाझ लोकप्रीय छन् ।
एनआरएनएको राष्ट्रिय समन्वय परिषद् पोर्तुगलको नेतृत्व सफलतापूर्वक सम्पन्न गरेका अधिकारी निर्वाचन आफ्नो पक्षमा पार्न गृहकार्य गरिरहेका छन् ।
विवादका कारण पोर्चुगलमा दुईवटा समान्तर संस्था हुँदा पनि अधिकारी आफ्नो कार्यकालमा विवादमा आएनन् । सबैलाई मिलाएर लैजान सक्ने र अरुको अस्तित्व स्वीकार गर्न सक्ने खुवी भएका अधिकारी निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् ।
एनआरएनएको आइसीसी सदस्य भइसकेका अधिकारी सन् २०२३–२५ कार्यकालका लागि खारिएर आएको दावी गर्छन् । केही समयअघि औपचारिक कार्यक्रममा उम्मेद्वारी दिने घोषणा गर्दै उत्साहित देखिएका अधिकारी निर्वाचन नजिकिदैँ गर्दा जितिनेमा विस्वस्त देखिन्छन् ।
अधिकारी मतदातासँग भेटघाट, अन्तरक्रिया, टेलिफोन सम्पर्कमा तीर्वरुपमा जुटेका छन् । संघमा लामो अनुभव, प्रतिवद्दता, क्रियाशिलता र अझै योगदान गर्ने इच्छा र भावनाले अन्तर्रााष्ट्रिय समन्वय परिषद्को युवा संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको अधिकारी बताउँछन् ।
‘संघमा मैले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था युवाहरुलागि विशेष योजनाका साथ मैले खेल्ने भूमिकालाई मूल्यांकन गरि मतदान गर्नेमा विश्वस्त छु’ उनी भन्छन् ।
अधिकारीले ‘सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत सहभागिता’ भन्ने मुल भावनाका साथ संघमा युवा र नयाँ पुस्ताको सहभागिता बढाउने उनको योजना छ ।
सपना बोकेर विदेशमा पुगेर कुलतमा फसेका युवाहरुलाई पुर्नस्थापना केन्द्रमार्फत सामान्य जीवनमा फर्काउन पहल गर्ने, नेपालमै रोजगारी गर्न चाहने युवाहरुलाई सीपमुलक तालिम सञ्चालन गर्न पहल गर्ने अधिकारी बताउँछन् ।
प्रवासमा रहेका युवाहरुलाई खेलसँग जोड्ने उनको चाहना छ । फुटबल, भलिबल, क्रिकेट लगायतका खेलकुदहरुको माध्यमबाट जोड्न एनआरएन युवा खेलकुद कोष स्थापना गर्ने उनले जनाए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली खेलाडीहरुलाई प्रोत्साहित गर्दै सहयोग पु¥याउने कार्यक्रम ल्याउने उनको प्रतिवद्धता छ ।
विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्ताका युवा वर्गलाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवद्र्धन र जगेर्नाका लागि कार्यक्रम सञ्चालन गर्ने उनले जोड दिएका छन् । अधिकारी करिब १४ बर्षदेखि संघको अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील छन्।
उनी गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको सदस्य (२०११–१३), पोर्चुगलको युवा संयोजक (२०१७–१९), आइसिसी सदस्य (२०१९–२१) भएका थिए । त्यस्तै पोर्चुगलको अध्यक्ष (२०२१–२३) को जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका अधिकारी विश्वभर छरिएका युवालाई उत्साह जगाउन सकिने ठाउँमा पुग्न कम्मर कसर ?लागेका छन् ।
गैरआवासीय नेपाली संघको आइसिसी युवा संयोजक पदमा मेरो उम्मेदवारी घोषणा
“सबल एनआरएनए आजको आवश्यकता,
युवा र नयाँ पुस्ताको बृहत सहभागिता !!”
आदरणीय गैरआवासीय नेपाली संघका अग्रज अभियान्ता महानुभावहरु, सम्पूर्ण गैरआवासीय नेपाली साथीहरू तथा अन्तर्राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मित्रहरू सबैमा सादर नमस्कार !
संसारभरि रहनु भएका लाखौंलाख नेपालीहरुको साझा चौतारी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन आगामी १७-२० अक्टोबर २०२३ काठमाडौमा आयोजना हुँदैछ । संघले दुई दसक पार गर्दै गर्दा अनेकौं आरोह, अवरोह छिचोल्दै गैरआवासीय नेपालीहरुका हकहितका खातिर सयौं उपलब्धी हासिल गरेको छ भने आगामी दिनमा विशाल सम्भावनाहरुको गोरेटो कोरेको छ । संघको ११ औं महाधिवेशन आयोजना हुन अब दुईहप्ता मात्र समय बाँकी रहँदा आगामी नेतृत्वका लागि एनआरएनएका अग्रज अभियान्ताहरुले विभिन्न पदहरुमा आफ्नो आंकाक्षा र दावी प्रस्तुत गर्ने क्रम पनि चलिरहेको छ । म आफैं पनि झण्डै १४ बर्षदेखि संघको यो अभियानमा सक्रिय र नेतृत्वदायी भूमिकामा क्रियाशील रहँदै आएको छु । विगतमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको सदस्य(२०११-१३), पोर्चुगलको युवा संयोजक(२०१७-१९), आइसिसी सदस्य(२०१९-२१) हुँदै केही महिना अघिसम्म गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको अध्यक्ष (२०२१-२३) को रूपमा रही आफ्नो गहन जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेको छु ।
संघमा मेरो लामो अनुभव, प्रतिवद्दता, क्रियाशीलता र अझै पनि थप योगदान गरौं र दिन सकिन्छ भन्ने इच्छा र भावनाले आगामी महाधिवेशनबाट सन् २०२३-२५ कार्यकालको लागि मैले अन्तर्राष्ट्रिय समन्वय परिषदको युवा संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । संघमा मैले गरेको योगदान, दिएको समय र आगामी दिनमा संस्था र खासगरी युवाहरुलागि विशेष योजनाका साथ मैले खेल्ने भूमिकालाई मूल्यांकन गरी मलाई साथ, सहयोग, समर्थन, सद्भाव र सुभेच्छा प्रदान गरिदिनु हुने सम्पूर्ण अग्रज अभियान्ता महानुभाव, सहकर्मी साथीहरु, विश्वभरिका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष, पदाधिकारी तथा सदस्यज्यूहरु, तमाम महाधिवेशन प्रतिनिधिज्यूहरु र पत्रकार मित्रहरूमा विनम्र आग्रह गर्दछु ।
संघको युवा संयोजक पदमा उम्मेदवार घोषणा गरिरहँदा मेरा भावी केही प्रतिवद्दता र योजनाहरु निम्न बमोजिम रहने छन् :
१) “सबल एनआरएनए आजको आवश्यकता, युवा र नयाँ पुस्ताको बृहत सहभागिता” भन्ने मुल भावनाका साथ संघमा युवा र नयाँ पुस्तालाई व्यापक सहभागिता बढाउने विशेष योजना ल्याइ कार्यान्वयन गराउनेछु ।
२) प्रवासमा रहेका युवाहरुलाइ फुटबल, भलिबल, क्रीकेट लगायतका खेलकुदहरुको माध्यमबाट जोड्न एनआरएन युवा खेलकुद कोष स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली खेलाडीहरुलाइ प्रोत्साहित गर्दै सहयोग पुर्याउने योजना ल्याइ कार्यान्वयन गर्नेछु ।
३) विदेश आएका कतिपय नेपाली युवाहरु आज विभिन्न खालको कुलत र समस्या पनि फसिरहेका छन् । उनीहरूलाई खेल लगायत विभिन्न साँस्कृतिक मनोरञ्जन कार्यक्रमबाट सकारात्मक सोच वृद्धि गराउनु र सही मार्गमा हिडाउनु आज हामी सबैको लागि चुनौती र दायित्व पनि हो । यसमा मेरो जोडदार प्रयास रहनेछ ।
४) आइसिसी र एनसिसी बीचका युवाहरुलाई संयोजन गरी आपसी सहयोग अभिवृद्धि र आइपर्ने विभिन्न समस्या समाधानका लागि आइसिसीको तर्फबाट एनसिसीका युवा संयोजकहरुलाई समेटी एक संयन्त्र गठन गर्न प्रयत्न गर्नेछु र एनसिसीका युवाहरुको भावनालाई आइसिसीसम्म पुर्याउन प्रयत्न गर्नेछु ।
५) विदेशमा रहेको दोश्रो वा तेश्रो पुस्ताका युवा वर्गलाई नेपालको भाषा, संस्कार, संस्कृति, नेपालीपन र नेपाली माटोसंग भौतिक र भावनात्मक रूपमा जोड्न भाषा,संस्कृति प्रवर्द्धन र जगेर्नाका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्नेछु ।
६ ) “नेपालीका लागि नेपाली” र “एकपटकको नेपाली सधैंको नेपाली” भन्ने संघको मूल नाराको भावना बमोजिम सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु ।
धन्यवाद !
भवदीय,
रविन अधिकारी
केन्द्रीय युवा संयोजकको उम्मेदवार (२०२३-२५) गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद ।