गृहपृष्ठ रविदास समाज सेवा कतारद्वारा मृगौला पीडित मनटुटिया रविदास बचाउ अभियान सुरु
रविदास समाज सेवा कतारद्वारा मृगौला पीडित मनटुटिया रविदास बचाउ अभियान सुरु

रविदास समाज सेवा प्रवास कमिटी कतारद्वारा शुक्रबारदेखि मृगौला पीडित मनटुटिया रविदास बचाउ अभियान सुरु गरेका छन्।
दोहा कतारको एसियन टाउन स्थित ग्राण्ड मल्लमा भएको सो कार्यक्रममा धनुषा जिल्ला मिथिला नगरपालिका वाडा न.-९ निवासी मृगौला पीडित मन्टुटिया रविदासको लागि रविदास समाज सेवा कतारले बचाउ अभियान सुरु गरेका छन्।
मृगौला पीडित रविदासले श्री बि.पि. कोईराला मेमोरियल अस्पताल भरतपुर चितवनमा उपचार गराईरहेका छन्।उनको आर्थिक अवस्था निकै दयनीय एव दैनिक छाक टार्न समेत धौधौ परेकोले रविदास समाज सेवाले यस्तो अभियान सुरु गरेका छन्।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न कतार सरकारले लगाएको नियमलाई पालन गरी आयोजना गरिएको सो कार्यक्रममा रविदास समाज सेवा कतारका अध्यक्ष पान्डव महरा, सल्लाहकार लालबाबू राम ,सह संयोजनक किर्ते महरा, सचीव श्री नारायण राम, सह सचिव रामउदगार राम लगायत २५जना भन्दा बढिको उपस्थीति रहेको अध्यक्ष महराले जानकारी दिएको हो।