२०७९ चैत १४ गत मंगलवार | March 28, 2023

गृहपृष्ठ राजनीतिक दलकाे झण्डा ओडेका हामी पत्रकार

राजनीतिक दलकाे झण्डा ओडेका हामी पत्रकार

एक दिन बिहानैकाे समय थियाे। बेलुका ढिला सुतेकाले बिहान अबेरसम्म सुत्ने याेजना थियाे। सधै माेबाईल साइलेे्न्स माेडमा राखेर सुत्ने म त्याे दिन त्यसाे गर्न बिर्सेछु। त्याे दिन बिहान सबेरै माेबाईलकाे घन्टि बज्याे।मस्त निद्रामा रहेकाे म निद्रा बाट ब्युजिएर हत्तपत्त माेबाईल हेरे। पाेर्चुगलमा सक्रिय एकजना पत्रकार मित्रकाे फाेन कल रहेछ।

फाेन नउठाई साइलेन्समा राखेर सुताै कि भन्ने नसाेचेकाे पनि हाेईन तर पत्रकार मित्रकाे फाेन भएकाले केही आपतकालिन फाेन हाेला कि भनेर कल उठाए। हामी बीच सन्चाे- बिसन्चाे भयाे र उहाले मलाई एउटा कुरा भन्नुु थियाे सर भन्नू भयाे।मैले भने: भन्नुस न त सर।

उहाहरुले कुनै एक राजनीतिक दलसँग आबद्ध पत्रकारहरुकाे पाेर्चुगल शाखा बिस्तार गर्दै गरेेकाेे र यसमा हजुरकाे पनि सहभागीता हुन्छ कि भनेर हजुरलाई फाेन गरेकाे भन्नु भयाे उहाँले । म उक्त समितिमा बस्न ईच्छुक नरहेकाे जानकारि दिए उहाँलाई। हाेे म पनि पहिले कुनै एउटा राजनीतिक दलमा आबद्ध भएर राजनीति गर्थे। पत्रकारीता मेराे पहिले देखिकै राेजाईकाे बिषय थियाे तर जबसम्म म राजनीतिमा आबद्ध भए तबसम्म म पत्रकारीता गरिन्। जब पत्रकारीता तिर लागे तब राजनीति गरिन् र गर्दिन भन्ने प्रण गरेकाे छु।

हाे मैले गरेकाे प्रणकाे नतिजा के आउँछ जुन मलाई राम्रोसँग थाहा छ। राजनीति बिनाकाे पत्रकार भनेकाे सदैव एक्लाे हुन्छ र सदैव आेझेल पर्दछ। पत्रकारीताबाट नाम र दाम कमाउनुनै छ भने राजनीतिक आवरण भित्रबाट पत्रकारीता गर्नुपर्दछ। याे पनि राम्रैसँग थाहा छ। तर याे सबैै गर्न मनै मान्दैन किनकि मेराे बुझाईमा सत्य-तथ्य र निस्पक्ष पत्रकारीता र राजनीति भनेकाे कहिल्यै एकैठाउ हुनै सक्दैनन् र हुनै मिल्दैन।

जबसम्म म कुनैपनि राजनीतिक दलकाे झन्डा बाेकेर पत्रकारीता गर्छु तबसम्म मैले दिने सूचना तथा समाचार सत्य-तथ्य हुनै सक्दैन। राजनीतिक दलकाे झन्डा आेडेकाे पत्रकारले दिने समाचार कतिसम्म निर्लज्ज हुन्छ जुन तपाईंहामी सबैले देखेकै कुरा हाे।

जब कुनै पत्रकार वा मिडियामा हाउसले कुनै राजनीतिक दलसँग आवद्धता जनाउछ , तब उसले आफू आवद्ध दलकाे प्रशंसा गर्दछ भने अर्काे दलकाे खेदे खनेकै हुन्छ। हाे हामी राजनीतिक प्राणि हाैं। हामी कुन राजनैतिक प्रणालिमा विश्वास गर्छाै त्याे कुरा गाैण हाेला तर प्रत्यक्षरुपमा राजनीतिक दलकाे झन्डानै ओडेर समाचार बनाउने पत्रकारले कस्ताे समाचार बनाउला त! आफुले आफैलाई साेचाैं त एक पटक। हामी राजनीतिक दलकै क्रियाशिल या सक्रिय सदस्यता पर्समा र पत्रकारकाे बिल्ला घाटिमा भिरेर निस्केका पत्रकारहरुबाट आम जनताले सत्य , तथ्य र निस्पक्ष समाचारकाे आशा गर्नु ब्यर्थ हुने छ।

काङ्ग्रेस आवद्ध पत्रकारहरुले काङ्ग्रेसलाई अनुकुुल हुने गरि समाचार बनाउने र कम्युनिस्ट आवद्ध पत्रकारहरुले कम्युनिस्टलाई अनुकुल हुने गरि समाचार बनाउने परिपाटीकाे नांगो नाँच सबैजसाे मिडियाहरुमा स्पष्ट देख्न सकिन्छ।

लेखक तथा बिस्लेषकले समसामयिक बिषयमा आफुले बुझेकाे र आफ्नाे धारणा सहित लेख लेख्छ। त्यसमा सत्यता हुनपर्दछ भन्ने नहुन पनि सक्छ। उसले आफ्नाे लेखमा आफ्ना निजि बिचारहरु पनि राख्न पाउँछ। तर पत्रकारले सत्य -तथ्य समाचार दिने हाे। उसले कुनै पनि घटनाहरूलाई ताेडमाेड गर्ने अधिकार राख्दैन। यदि यसाे गरियाे भने समाचार सत्य बन्न सक्दैन।

जब -जब नेपाली राजनीतिमा नयाँ घटना घट्छ , तब मुख्यतया दुई प्रकारका समाचारहरु देख्न सकिन्छ। एउटा त्याे घटनाकाे पक्षमा र अर्काे बिपक्षमा। आम पाठकले कुन समाचार सत्य मान्ने ? कसलाई विश्वास गर्ने? । यसरी अहिले नेपाली पत्रकारीताले आम नागरिकहरुमा अन्याेलता सृजना गरेकाे छ।

सत्य-तथ्य समाचार सम्प्रेषण गर्ने ,आम नागरिकहरुलाई जागरुक बनाउने र सरकारसम्बद्धअधिकारिहरुलाई थप जिम्मेवार वनाउन भुमिका निर्वाह गर्नुुुुनै असलि पत्रकारीता हुनुपर्ने हाे। तर हामी कुन राजनीतिक दलकाे , कुन नेताकाे भजनकृतन गर्ने हाे , कुन नेताकाे खेदाे खन्ने हाे भन्नेमै उद्धत छाैं। फलस्वरूप नेपाली पत्रकारीताले आम नागरिकसामु विश्वास गुमाउँदै गएकाे छ।

जबसम्म हसियाहताैडा र रुख अंकित झन्डा बाेकेका पत्रकारहरु नेपालमा रहिरहन्छन् तबसम्म सत्यतथ्य समाचारकाे आशा गर्नु ब्यर्थनै हुने छ। त्यसैले कुनै राजनीतिक दलसँग आवद्ध कुनै पत्रकार छ भने उसले तयार पारेेेेका समाचाहरु कुनै हालतमा विश्वसनीय हुनै सक्दैन।

यसरी पार्टीका झन्डा ओडेका पत्रकार र मिडिया हाउसहरुलाई आजै देखि बहिस्कार गराैैैं।कुनै पार्टीसँग आवद्धताकाे सदस्यता लिएकाे पत्रकार असलि पत्रकार हुनै सक्दैन। त्यसैले राजनीतिक दलका झन्डा ओडेका हामी पत्रकारहरुलाई किन विश्वास गर्ने त आम नागरिकरुले। त्यसैले आजै देखि राजनीति र पत्रकारीता मध्ये एक राेज्ने कि!

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु