Covid-19
City Express

राजेश पायल राई पोर्तुगल आउने : कन्सर्ट र साँस्कृतिक कार्यक्रम हुने

लिस्बन, ८ लिस्वन । बहुप्रतिभाशाली गायक राजेश पायल राई पोर्तुगल आउने भएका छन् । राईलगायतका कलाकारहरुको प्रस्तुतिमा कन्सर्ट र साँस्कृतिक कार्यक्रम हुने भएको छ । किराँत राई समाज पोर्तुगलले फेब्रुअरी ९ तारिख आइतबारका दिन कार्यक्रमको आयोजना गर्ने भएको छ ।
कार्यक्रम काईसुद्रे टाईम आउट्को हलमा हुनेछ । दिउसो २:०० बजेबाट शुरु हुने कार्यक्रममा संघ संस्थाका प्रमुखहरु, व्यापारी, वुद्धिजीवी, समाजसेवी र सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई उपस्थित भइदिनका लागि समाजका अध्यक्ष राज राईले अनुरोध गरेका छन् ।

कार्यक्रममा सहयोगस्वरुप प्रवेश शुल्क १५ युरो निर्धारण गरिएको छ । टिकट लिनका लागि राज राई (९२००२०१२०), श्रेया राई (९२००३८७९४), दीपक राई (९२००४९२२५), दीपेश राई (९२०२६३८१०), ज्याक्शन सेभेन (९२०४०१०७३) र भवीन राई (९२००४९२२५) सँग सम्पर्क गर्न सकिने कुरा आयोजकले सूचित गरेको छ ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु