२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ राष्ट्रिय बिभुतिहरुको सम्झनामा १५ औं स्मृति दिवस सम्पन्न

राष्ट्रिय बिभुतिहरुको सम्झनामा १५ औं स्मृति दिवस सम्पन्न

आज भन्दा ठिक १५ बर्ष आगडी २३ सेप्टेम्बर २००६ का दिन नेपालको ताप्लेजुङ जिल्लाको घुम्सामा हेलिकप्टर दुर्घटनामा दिवंगत हुनुभएका धुरन्धर बिध्वान तथा भुगोलबिद डा.श्री हर्क बहादुर गुरुङ र संरक्षणबिद डा.श्री चन्द्र प्रसाद गुरुङ लगायत देश तथा बिदेशी २४ जना बिशिष्ठ ब्यक्तिहरुको सम्झनामा १५ औ स्मृति दिवस तथा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

तमु समाज बेल्जियमका अध्यक्ष श्री ओम राज तमु र सिक्लेस पार्चे कल्याण कोष,बेल्जियमका अध्यक्ष श्री चोक राज तमुज्यूको संयुक्त आयोजनामा ल्युभेन शहरमा सम्पन्न भएको हो।

उक्त कार्यक्रमका प्रमुख अतिथि समाजका आदरणीय संरक्षक तथा समाजका जेष्ठ नागरिक क्या.श्री जोख बहादुर तमुज्युको समुपस्थितिमा सस्थाद्वयका अध्यक्षहरु र प्रमुख अतिथिद्वारा संयुक्त रुपमा पानसमा दिप प्रज्जलन गरि कार्यक्रम उद्धाटन गरिएको थियो।

साथै अथितिको रुपमा पोर्तुगल पाल्नु हुने तमु समाज पोर्तुगल अध्यक्ष श्री बिकास तमुज्युको समेत उपस्थिती रहेको थियो। उक्त कार्यक्रममा उपस्थित सम्पुर्ण मनुभावहरुबाट स्वर्गीय डा. द्वय तथा बिशिस्ट ब्यक्तित्वहरुका तस्बिरमा माल्यार्पण गरि श्रद्धाञ्जली गर्नु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य तमु समाजका कार्यकारिणी सदस्य सिक्लेस पार्चे कल्याण कोष बेल्जियमका कोषाध्यक्ष आमा समुहका सचिव श्रीमती बिना तमुस्योबाट उपस्थित सम्पुर्णलाई स्वागत गरिएको थियो। स्वर्गीय डा. हर्क बहादुर गुरुङको जीवनीबारे तमु समाज बेल्जियमका उपाध्यक्ष अनिता घलेज्युबाट तथा डा. चन्द्र प्रसाद गुरुङ्को जीवनी बारे सिक्लेस पार्चे कल्याण कोषका बेल्जियमका अध्यक्ष श्री चोकराज तमूज्युबाट प्रकाश परिएको थियो।

तमु हुला छोज धि राष्ट्रिय गुरुङ परिषद अध्यक्ष श्री रेशम तमु ज्युबाट भिडियो मार्फत पठाएको शुभकामना मन्तव्य सबैलाई सुनाएको थियो। भने तमु धि नेपालका अध्यक्ष होम तमुज्युले पठाएको शुभकामना सन्देश र आदीबासी जनजाति बेल्जियमका महासचिव नन्द राज घलेज्युबाट पठाएको शुभकामना सन्देश महासचिव द्वारा पाढेर सुनाएको थियो।

मन्तव्य क्रममा तमु समाज पोर्तुगलका अध्यक्ष बिकाश तमु,आजीवन सद्स्य कुष्ण बहादुर तमु (केबी)सल्लाहकार मिन्ड तमुबाट समेत स्वर्गीय ब्यक्तित्वहरु माथी प्रकाश पार्नु भएको थियो। भने प्रमुख अतिथि क्या.जोखबहादुर तमुज्युले स्वर्गिय डा. द्वयले दिएको मार्ग निर्देशनमा हिड्न र वहाँहरुको सपना साकार हुने धारण राख्नु भएको थियो।

अन्तमा समाजका अध्यक्ष श्री ओमराज तमुबाट त्यो कालो दिनको स्मारण गराउदै देश मात्रा नभई बिश्व जगतलाई अतुलनीय क्षेति पुगेको धारण राख्दै महान नेपालका बिभुति नेपाल आमाका सपुतहरुको सम्झानमा उपस्थित हुनुभएका सम्पुर्ण मनुभावहरु धन्यवाद दिदै कार्यक्रम समापन गरिएको थियो।

कार्यक्रममा उपस्थित निवार्तमान अध्यक्ष नन्द तमुस्यो पुर्ब अध्यक्ष कुमार तमु, संरक्षक राज तमु , सल्लाहकार सुबा सुवास लगायत दाजुभाई दिदीबहिनीहरुको उपस्थित रहेको थियो ।भने कार्यक्रम संचालन तमु समाजका महासचिव श्री सुर्य बहादुर तमु द्वारा गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु