गृहपृष्ठ रास्ट्रपतिद्वारा दलहरूलाई बहुमत दाबी गर्न २१ घण्टाको समय,समयमै दाबी नगरे अर्को प्रक्रियामा जाने
रास्ट्रपतिद्वारा दलहरूलाई बहुमत दाबी गर्न २१ घण्टाको समय,समयमै दाबी नगरे अर्को प्रक्रियामा जाने

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको लागि केवल २१ घण्टा समय प्रदान गरेकी छिन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाउँदै केवल २१ घण्टा समय दिएकी हुन्।
राष्ट्रपति कार्यालयले बिहीबार राति ८ बजे आसपास विज्ञप्ति जारी गर्दै भोलि शुक्रबार जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ।