गृहपृष्ठ रास्ट्रपति ट्रम्पले डिभी चिठ्ठा निलम्बन गरे,रोजगारीकालागि अमेरिकन नागरिकलाईनै प्राथमिकता दिने
रास्ट्रपति ट्रम्पले डिभी चिठ्ठा निलम्बन गरे,रोजगारीकालागि अमेरिकन नागरिकलाईनै प्राथमिकता दिने

– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठा (डाइभरसिफाइड भिसा)लाई निलम्बन गर्नुभएको छ। बुधबार हाइट हाउसमा नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो।
विश्वका विभिन्न मुलुकबाट अमेरिकामा स्थायी रुपमा बसोबासको लागि अमेरिकाले प्रत्येक वर्ष ५० हजारलाई अनलाइनमार्फत् डिभी चिठ्ठा वितरण गर्ने गरेको थियो । कोरोना भाइरस (कोभिड–१९)को महामारीसँगै सबैभन्दा बढी संक्रमण र मृत्यु भएको अमेरिकाले यस्तो कदम लिएको हो।
यस्तै, राष्ट्रपति ट्रम्पले अमेरिकामा भाइरसका कारण बेरोजगारी बढेकाले अमेरिकी नागरिकलाई पहिलो प्राथमिकता दिँदै रोजगारी प्रदान गर्ने बताउनुभएको छ। विगतमा ग्रीन कार्ड पाएका आप्रवासी अमेरिकी नागरिकले अमेरिकामा आफ्ना नातेदारहरुलाई पनि लान नपाउने भएको छ।
तर अविवाहित बालबालिका र श्रीमतिलाई यो नियम लागू हुने छैन ।सो नियम नियम दुईमहिनाका लागि लगाइए पनि पछि थप गर्ने बताइएको छ।