गृहपृष्ठ रास्ट्रपति ट्रम्पविरुद्ध दोस्रो पटक महाअभियोग लगाउने तयारी
रास्ट्रपति ट्रम्पविरुद्ध दोस्रो पटक महाअभियोग लगाउने तयारी

अमेरिकी संसदमा हिंसा भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी गरिएको छ ।
संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा मंगलबार महाभियोग विरुद्धको प्रस्तावमा मतदान हुनसक्ने बीबीसीले लेखेको छ।
तल्लो सदनका डेमोक्रेटहरूले राष्ट्रपतिविरुद्ध ‘हिंसालाई प्रोत्साहन गरेको’ आरोप लगाउने योजना छ।
संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्रेटहरूको तयारी हो।