२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ रास्ट्रबैंकको कार्यक्रममा अर्थमन्त्रीलाई बोलाइएन,विवाद सतहमै देखियो

रास्ट्रबैंकको कार्यक्रममा अर्थमन्त्रीलाई बोलाइएन,विवाद सतहमै देखियो

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबीचको झगडा अहिले सतहमै आई पोखिएको छ।

अबैधरुपमा नेपालमा विदेशबाट रकम भित्राउने व्यक्तीलाई जोगाउन अर्थमन्त्री शर्माले मुख्य भुमिका खेलेको र सो पैसा निकाल्न अर्थमन्त्रालयबाट दिएको गोप्य निर्देशन गर्भनर अधिकारीले नमानेपछि सुरु भएको विवाद अन्नत सहतमै पोखिन पुगेको हो।

यसरी गर्भनर अधिकारी र अर्थमन्त्री शर्माबीच ठूलो ट्क्कर परेको राष्ट्र बैंकको वार्षिकोत्सवमा अर्थमन्त्रीलाई निमन्त्रण समेत नदिएकोले पुष्टी भएको छ। नेपाल राष्ट्र बैंक बैसाख १४ गते ६६ वर्ष पुरा गरी ६७ वर्षमा प्रबेश गरेको अबसर पारेर राष्ट्र बैंक परिसरमै कार्यक्रम गरिएको छ।

तर अरु समयमा सो कार्याक्रमको प्रमुख अथिति प्रायजसो अर्थमन्त्री हुने गरेको थियो। तर यस पटक भने गर्भनर र अर्थमन्त्री बीच भएको टकराबका कारण राष्ट्र बैंकबाट अर्थमन्त्री शर्मालाई कुनै निमन्त्रणनै नगरेको बुझिन आएको छ।

अर्थमन्त्री शर्मालाई कार्यक्रममा निमन्त्रण नगरेपछि गर्भनर अधिकारीनै सो कार्यक्रमको प्रमुख अथितिका रुपमा सहभागी भएका छन्। सोही कारण नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच तिक्तता झनै बढ्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु