गृहपृष्ठ रुपन्देहीको भलबारी डीपोमा आगलागी,क्षतिको विवरण आउन बाकी
रुपन्देहीको भलबारी डीपोमा आगलागी,क्षतिको विवरण आउन बाकी

रुपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएका दुई वटा ट्यांकरमा आगलागी भएको छ।
शुक्रबार बिहान ११ बजेतिर लु २ ख २६५६ र लु २ ख ५६८७ नम्बरको ट्यांकरमा आगलागी भएको हो।डिपोमा ट्यांरबाट तेल खन्याएपछि अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयाल निगमको दमकलको सहयोगमा करिब एक घण्टापछि आगो निभाइएको थियो।