गृहपृष्ठ रुपन्देहीको लुम्बिनीमा मृत अवस्थामा एक युवक भेटिए,हत्या भएको आंशका
रुपन्देहीको लुम्बिनीमा मृत अवस्थामा एक युवक भेटिए,हत्या भएको आंशका

रुपन्देहीको लुम्बिनीमा एक युवक मृत अवस्थामा भेटिएका छन्।
जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका मनौरा निवासी करिब ३५ बर्षिय महेन्द्र यादव मृत अवस्थामा भेटिएका हुन्।
तीन सन्तानका बाबु रहेका यादवलाई घरभन्दा एक किलोमिटर पश्चिम नाला नजिकै घाँटीमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला पारिएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जानकारी दिएको छ।
मृतकलाई भीम अस्पताल भैरहवामा पोष्टमार्टम गराई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले बताएको छ। सूक्ष्म तरिकाबाट अनुसन्धान भैरहेकाले केही दिनमै हत्यारा पत्ता लाग्ने प्रहरीले जनाएको छ।