२०७९ माघ २१ गत शनिवार | February 04, 2023

गृहपृष्ठ रुपन्देहीमा कार्यरत पत्रकार कंडेलको असामयिक निधन

रुपन्देहीमा कार्यरत पत्रकार कंडेलको असामयिक निधन

रुपन्देहीका पत्रकार एनबी कंडेल (नरबहादुर कंडेल)को मोटरसाइकल दुर्घटना परी असामयिक निधन भएको छ।

शुक्रबार साँझ तिलोत्तमा नगरपालिका २ जानकीनगर स्थित सिदार्थ राजमार्गमा बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु ४४ प ८२०१ नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जादै गरेको लु १ क ५२७६ रेडिमिक्स (सिमेन्ट घोल्ने सवारी) ले ठक्कर दिदा मोटरसाइकल चालक सवार कंडेलको निधन भएको हो।


रुपन्देही सैनामैना नगरपालिका(१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ बर्षीय कंडेलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

रेडिमिक्स (सिमेन्ट घोल्ने) सवारी र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

विगत ढेड दशकदेखि पत्रकारितामा आबद्ध कंडेल रुपन्देहीबाट सञ्चालित ग्लोबल आवाज डटकममा सम्पादकको रुपमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु