२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ रुपन्देहीमा जिल्लाव्यापी विधालयस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

रुपन्देहीमा जिल्लाव्यापी विधालयस्तरीय तीज गीत प्रतियोगिता सम्पन्न

राष्ट्रिय बाल दिवस – २०८० को अवसरमा नेपाल बाल संगठन रुपन्देहीले जिल्लाव्यापी विद्यालय स्तरीय तीज गित प्रतियोगिता सम्पन्न गरेको छ।

बालबालिकामा लगानी : सुनिस्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ बुटवल बाल मन्दिरको सभाहलमा सम्पन्न भएको उक्त प्रतियोगितामा रुपन्देहीका ११ बिद्यालय सहभागी भएका थिए।

प्रतियोगितामा एभरेस्ट बोर्डिङ स्कुल प्रथम, गाग्री एकेडेमी द्धितिय, न्यू होराईजन तृतिय भएको छ भने उक्त प्रतियोगितामा होराईजन गौतम बुद्ध एकेडेमी सान्त्वना भएको थियो।

प्रतियोगितामा प्रथम, द्रीतिय, तृतीय र सान्त्वना हुनेलाई क्रमस १५ हजार, १० हजार, ७ हजार र ५ हजार सहित ट्रफी र प्रमाणपत्र वितरण गरिएको नेपाल बाल संगठनका कार्यसमिति सदस्य सुरज भट्टराईले जानकारी दिनुभयो। प्रतियोगितामा नारायण प्रसाद खनाल, अन्जु श्रेष्ठ र अनु रजकले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो।

नेपाल बाल संगठन रुपन्देहीका सभापति साजन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिकाको उप प्रमुख सावित्रा देवी अर्यालको प्रमुख आतिथ्यता, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लालहरी पाण्डे, समाजसेवी अरुणा श्रेष्ठ, नमस्ते नेपाल बाल क्लबको उपाध्यक्ष एलिजा थारु लगाएतको उपस्थिति रहेको थियो।

कार्यक्रम संगठनका उपाध्यक्ष अञ्जु श्रेष्ठको स्वागत र संगठनको सचिब कल्पना पाडे मगरको सञ्चालनमा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु