२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ रुपन्देहीमा बस दुर्घटना ,९ जनाको ज्यान गयो,अन्य घाइतेको उपचार हुँदै

रुपन्देहीमा बस दुर्घटना ,९ जनाको ज्यान गयो,अन्य घाइतेको उपचार हुँदै

परासी-भैरहवा सडकखण्डअन्तर्गत रुपन्देहीको रोहिणी गाउँपालिकाको रोहिणी पुलबाट खोलामा बस खस्दा ९ जनाको मृत्यु भएको छ।

बसमा ३३ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

घटनामा मृतकको संख्या ९ पुगेपनि उनीहरुको पहिचान भने हुन सकेको छैन।

घटनास्थल रोहिणी गाउँपालिका –४ र ओमसतिया गाउँपालिका – ४ को सीमा क्षेत्र हो। तस्बीरमा बस पुलमुनी खसेको देख्न सकिन्छ। बसको अगाडिको भाग पूरै क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु