२०८० जेठ २३ गत मंगलवार | June 06, 2023

गृहपृष्ठ रुसले दियो परमाणु हतियार प्रयोग गर्ने चेतावनी

रुसले दियो परमाणु हतियार प्रयोग गर्ने चेतावनी

रुसले युक्रेन युद्धमा आफ्नो अस्तित्व खतरामा परे परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिएको छ ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको २८ दिन बितिसक्दा पनि नतिजा निकाल्न सकेको छैन। रुसी सेनासंग युक्रेनका सेनाले हार नमानी निरन्तर मैदानमा उत्रेर आफ्नो देशलाई रुसी कब्जामा पर्नबाट अहिलेसम्म जोगाएका छन्।

छिट्टैनै युक्रेनलाई कब्जामा लिने आकलन गरेको रुसले त्यसविपरित युद्ध लम्बिएपछि युक्रेनमा परमाणु हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएको हो।

रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेन युद्धमा रुसको अस्तित्व संकटमा परे परमाणु हतियार प्रयोग गर्ने धम्की दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु