२०७९ असोज १३ गत बिहीवार | September 29, 2022

Bharat Poudel

गृहपृष्ठ रुसी रास्ट्रपति पुटिनको कार्यकाल २०३६ सम्म रहने,जनताको मत पुटिनको पक्षमा

रुसी रास्ट्रपति पुटिनको कार्यकाल २०३६ सम्म रहने,जनताको मत पुटिनको पक्षमा

रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्ब्याउनेगरी जनमत आएको छ।

झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजा अनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउने भएका छन्।

पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो।

नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन भएको छ।संविधान संशोधनसम्वन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याएका हुन्।

त्यस प्रस्तावमा अहिले मात्रै मतदान भएको हो ।शुरुमा गत अप्रिल २२ मा मतदान गर्ने तय भए पनि कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै गएपछि गत जुलाई १ का लागि तय गरिएको थियो । तर त्यतिबेला पनि हुन नसकेपछि सरेर अहिले मतदान गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु