२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ रोमानियामा एक नेपालीको असामयिक निधन

रोमानियामा एक नेपालीको असामयिक निधन

रोमानिया को municipal hospital , oradia मा उपचाररत रहेका नेपाल बन्दिपुर गाउँपलिका-६, बघाल तनहुँ घर भएका खोबेन्द्र गुरुङको दु:खद निधन भएको खबर प्राप्त भएको छ।

उनी विगत छ महिना अगाडि मात्र वैदेशिक रोजगार को सिलसिलामा Ajeets management & development company नामक मेनपावरबाट रोमानिया प्रवेश गरेका थिए। उनी रोमानियामा Madaras jud bihor, 483 मा भेजिटेबल प्याकिङ मा कार्यरत थिए ।

उनी ३५ दिन यता गम्भीर बिरामी भै उपचाररत थिए। उपचार कै क्रममा उनको मृत्यु भएको खबर प्राप्त भएको छ। अस्पताल स्रोतका अनुसार मृतकलाई ब्लड क्यान्सर भएको जानकारी दिएको छ। उपचार कै क्रममा उनको गत बुधबार साँझ १०:३० मा मृत्यु भएको जानकारी प्राप्त भएको थियो।

अस्पताल स्रोतबाट नै बिरामीको मृत्यु भएको जानकारी नेपालमा रहेका मृतकका परिवारलाइ दिएको जानकारी मृतकका जेठाजु निर्माल गुरुङले जानकारी दिएका थिए। उनका अनुसार मृतकको एक छोरा र श्रीमती रहेको र केही महिना अघि मात्र छोराको पनि मुटुको अप्रेसन गरेको बताएका छन।

परिवारलाईलाई सुखी र खुशी राख्न धन कमाउने उदेश्यले परदेशिएको परिवारको मुल अभिभावकको प्रदेशमा दु:खद निधन भएको खबरले परिवार स्तब्ध भएको छ र मुल अभिभावक गुमाउदा परिवारको बिचल्ली भएको मृतकका जेठान निर्माल गुरुङले बताएका छ्न। परिवारले मृतकको शव नेपाल पठाउन यहाँ रहेका विभिन्न निकायहरुसंग अनुरोध गरेका छन्।

यहाँ रहेका रोजगारदाता र नेपालबाट मृतकलाई रोमानिया पठाउने मेनपावर एजेन्सीबाट मृतकले पाउनु पर्ने इन्स्योरेन्स र क्षतिपूर्ति दिलाइ दिन समेत पनि परिवारले अनुरोध गरेका छन्,।

मृतकको शव जति सक्दो चाडो नेपाल पठाउन कानुनी र कागजी प्रक्रिया सुरु गरिसकेको जानकारी रोमानियाका लागि नेपाली अवैतानिक बाणिज्यदुत नवराज पोख्रेलले बताउनु भएको छ।

स्व. खोबेन्द्र गुरुङको उपचार कै क्रममा निधन भएको खबरले रोमानियामा रहेका नेपाली समुदायलाई स्तब्ध बनाएको छ। समुदायले मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी कामना गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु