गृहपृष्ठ रोमानियामा एक नेपालीको असामयिक निधन
रोमानियामा एक नेपालीको असामयिक निधन

रोमानियामा एक नेपाली युवाको निधन भएको छ।अर्को दु:खद घटना घट्ने क्रम बढिरहेको छ।
एक महिनाभित्र रोमानियामा तीन नेपालीहरुको असामयिक मृत्यु भएको छ। आज २ नोभेम्बरका दिन काम गर्ने क्रममा फेरि एकजना नेपाली युवाको दु:खद निधन भएको जानकारी आएको छ।
रोमानियाको तिमिलास्वरा शहरको Vizejdia नजिक Banat Melon agriculture कम्पनीमा कार्यरत म्याग्दी जिल्ला घर भएका ३३ बर्षिय देवेन्द्र पुनको कम्पनी मै काम गर्ने क्रममा मेसिनले च्यापेर मृत्यु भएको दु:खद खबर प्राप्त भएको छ।
घटनाको बिषयमा विस्तृत जानकारी भने आउन बाँकी रहेको छ। रोमानियामा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाई आफू कार्यरत स्थाना एकदमै सुरक्षित भएर काम गर्न, आफूलाई अनुभव नभएका तथानजानेका कुराहरुमा हात नहाल्न र होशियारपूर्वक काम गर्न आग्रह गरिएको छ।
विगत एक महिनाभित्र रोमानियामा तीन जना नेपालीको असामयिक निधन भएको स्थितिले रोमानियाको नेपाली समुदाय स्तब्ध , दु:खी र चिन्तित बनेको छ।