२०७९ असोज ५ गत बुधवार | September 21, 2022

Bharat Poudel

गृहपृष्ठ लकडाउनको कारण रोकियो १५ बालविवाह

लकडाउनको कारण रोकियो १५ बालविवाह

बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुरमा लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ।

सिबिन बाल हेल्पलाइनका अनुसार हेटौँडा उपमहानगरपालिकामा छ, बकैयामा तीन, मकवानपुरगढीमा तीन मनहरिमा दुई र भीमफेदीमा एक गरी कूल १५ बालविवाह रोकिएको छ।

स्थानीय प्रहरी प्रशासन, अधिकारकर्मी, जनप्रतिनिधि तथा समाजसेवीको सहयोगमा ती बालविवाह रोकिएको हेल्पलाइनकीसम्झना अधिकारीले बताइन्।

उनले विगत छ महिनामा जिल्लाका विभिन्न स्थानका ५० बालविवाह रोकिएको र आगामी दिनमा पनि यस अभियानलाई प्रभावकारीरूपमा लैजाने बताए।

चेतना, अशिक्षा, गरिबी तथा रुढीवादी परम्पराका कारण बालविवाह हुने गरेको जनाइएको छ। स्थानीय प्रशासनले समेत बालविवाह रोक्न सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु