गृहपृष्ठ लकडाउनको विरोधमा उत्रिएका आन्दोलनकारीलाई डेनमार्क प्रहरीद्वारा पक्राउ
लकडाउनको विरोधमा उत्रिएका आन्दोलनकारीलाई डेनमार्क प्रहरीद्वारा पक्राउ

कोरोनाभाइरसको संक्रमण फैलिएपछि डेनमार्कमा गरिएको लकडाउनको विरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ।राजधानी डेनमार्ककै लकडाउनको विरुद्धमा उत्रिएका आठ जनालाई शनिबार अबेर पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन्।
लकडाउनबाट असन्तुष्टहरुको समूहले आयोजना गरेको लकडाउन विरोधी प्रदर्शनमा झण्डै एक हजार २०० सहभागी भएका थिए।‘प्रदर्शनमा सुरुमा झण्डै ६०० सयहभागी भएकोमा कार्यक्रम समापन हुने बेलासम्म एक हजार २०० पुगेका थिए,’ प्रहरी स्रोतले जानकारी दिएको छ।
कोरोनाभाइरसको महामारी नियन्त्रणमा नआएको भन्दै सरकारले डेनमार्कमा लकडाउनको अवधि थप्दै लगेको छ। डेनमार्कमा अहिले आंशिक लकडाउन रहेको छ। डेनमार्कमा गत डिसेम्बरदेखि लकडाउन कायमै रहेको छ।