Covid-19
City Express

लक्जम्बर्गका नेपालीहरुको साथमा नेपाली राजदुतावास सधैं रहने : उपनियोक प्रमुख भट्टराई

दिनेश गौतम

लक्जम्बर्गमा रहेका नेपालीहरुको समास्यालाई समाधानका लागि आफुहरु कुनै कसर बाकी नराख्ने नेपाली राजदुतावास बेल्जीयमका नियोक उप प्रमुख सुधीर भट्टराईले बताउनु भएको छ । यस देशमा छोटो समयका लागि भ्रमणमा आउनु भएका नेपालीहरुको भिषाको समास्या भए आफुहरु समाधान गर्नका लागि त्यहा रहेका गैर आवासीय नेपाली सघंको सहयोगमा भिषा प्रक्रिया सहज बनाउने बताउनु भएको हो ।

नेपाल पत्रकार महासघं युरोप शाखाले आयोजना गरेको १४ औ श्रृखंलाको कोरोना कहर अन्र्तगतको अनलाईन छलफल कार्यक्रममा नियोक उप प्रमुख भट्टराईले सो कुरा बताएका हुन । भट्टराईले लक्जम्बर्गमा नेपालीहरुको संख्या अहिले सम्म लगभग ४०० जना रहेको बताउदै त्यती समास्यामा नेपालीहरु नभएकोमा आफुहरु खुसि रहेको बताउनु भयो । पत्रकार महासघं शाखाका अध्यक्ष केजन राईको अध्यक्षतामा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघं आई.सि.सि सदस्य बालकृष्ण सापकोटाले यहा रहेका नेपालीहरुको साथमा आफुहरु जहिले पनि उभिनेल बताउनु भएको छ ।

प क्षेत्रफलको हिसाबले देश सानो भएपनि आर्थिक हिसाबले अत्यन्त मजबुत रहेको यहाको सरकारले यस्तो आपतकालिन अवस्थामा सबै नागरिकहरुलाई समान ब्यवहारका साथ सहयोग गरिरहेको सहभागिहरुले जानकारी दिनुभएको थियो । पत्रकार महासघं युरोप शाखाका पदाधिकारीहरुको सहजिकरणमा भएको छलफल कार्यक्रममा एनआरएनए लक्जम्बर्गका प्रवक्ता बाल हरि राई, सहकोषाध्यक्ष नारायण प्रसाद दवाडी र महिला संयोजक दुर्गा देबि थापा , लोक कल्याणकारी सस्थाका कोषाध्यक्ष खिमलाल पन्थि तथा सचिव बिजय कडेल , नेपाली जनसम्पर्क समितिका कार्यबाहक सभापति कुमार पौडेल , समाजसेबी तथा ब्यवसायी जितु थापा , विद्यार्थी बिनम्र सिहं लगाएले सहभागिता जनाउनु भएको थियो । कार्यक्रमको सहजिकरण महासघंका सचिव द्रोण रिजाल , कार्यसमिति सदस्य रबिचन्द्र भट्टराई , शेरबहादुर परियार , प्रेम पोमु र दिनेश गौतमले गर्नुभएको थियो ।

हाम्रो फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु