गृहपृष्ठ लक्जेम्बर्गमा कहालीलाग्दो घटना,रेस्टुरेन्ट मालिकले एक नेपालीलाई लगातार श्रम र मानसिक शोषण गरेको आरोप
लक्जेम्बर्गमा कहालीलाग्दो घटना,रेस्टुरेन्ट मालिकले एक नेपालीलाई लगातार श्रम र मानसिक शोषण गरेको आरोप

अहिले नेपालको मेनस्ट्रिम र डायस्पोरा मिडियामा लक्जेम्बर्जको एक घटना निकै चर्चाको बिषय बनिरहेको छ।
लक्जेम्बर्जको कानुन अनुसार कुनै पनि घटनामा आरोप पुष्टि नहुदा सम्म आरोपित व्यक्ति र सस्था को नाम खुलाउन पाईन्न।
करिब सात बर्ष अघि कुकका रुपमा नेपालीकै रेस्टुरामा आएका श्यामको (नाम परिवर्तन ) कहानी एक चलचित्रको भन्दा कम छैन।
मानशिक र शारीरिक शोषणले सिमा पार गरेपछि आरोपित नेपालीको रेस्टुरामा काम गर्ने अहिले श्याम र अन्य तिन जना ले लक्जेम्बर्ग प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो।
सात बर्ष देखि न उचित तलब (करारमा लेखिएको तलब बैंक खातामा पठाएर रेस्टुरा मालिकले पुन फिर्ता माग्ने गरेको ) , दैनिक कम्तिमा १८ घण्टा काम लगाउने गरेको , कुनै बिदा र छुट्टी दिन मनाही गरेको आदि कारणले बाध्य भएर प्रहरीमा उजुरी दिएको श्यामले बताएका छन।
पिडितहरुका अनुसार रेस्टुरा मालिक ले पासपोर्ट समेत बन्धक बनाएर राखेका छन् भने कुक भनेर नेपाल बाट झिकाएका श्याम लगायतलाई निजि घरायसी काम समेत लगाउने गरेको , खान र बस्नलाई निकै न्यून स्तरको ब्यबस्था गरेको आदिका कारण उजुरी दिन बाध्य भएको बताएका छन्।
ति रेस्टुरा मालिकले आर्थिक र शारीरिक शोषण त गर्थेनै, पछिल्लो पटक केहि स्टाफको व्यक्तिगत मामिलामा (परिवार र श्रीमतीको बारेमा अनर्गल प्रचार आदि ) . समेत प्रवेश गरेर मानशिक शोषण गर्न थालेपछि बाध्य भएर श्याम लगायतले प्रहरीमा उजुरी दिएका हुन्।
लक्जेम्बर्ग प्रहरीमा जुलाईमा उजुरी परेपछि घटनाको शुष्म अनुशन्धान भईरहेको बताईएको छ।