गृहपृष्ठ लक्ष्मी ट्राभल्सको ठगी प्रकरण सन्दर्भमा सर्वपक्षीय भेला हुने
लक्ष्मी ट्राभल्सको ठगी प्रकरण सन्दर्भमा सर्वपक्षीय भेला हुने

लक्ष्मी ट्राभल्सको ठगी प्रकरण सन्दर्भमा सर्वपक्षीय छलफल हुने भएको छ।गैर आवासिय नेपाली संघ पोर्चुगल र अवैतानिक महाबाणिज्यदुत लिस्वनको सयुक्त आयोजनामा सर्वपक्षीय भेला हुन लागेको हो।
आजै एक सूचना जारी गरि एनआरएनए पोर्चुगलले सो कुराको जानकारी गराएको छ।पोर्चुगलको स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजे बैठक बस्ने बताइएको छ।
एनआरएनए पोर्चुगलका महासचिव हेमराज सुवेदीद्वारा प्रसारित सूचना यस्तो छ:
यहाँहरु सम्पूर्णमा नमस्कार :
लक्ष्मी ट्राभल्सको सन्दर्भमा सर्वपक्षिय बैठक हुने सम्बन्धमा:
लिस्व स्थित लक्ष्मी ट्राभल्सको बारेमा आइरहेको पछिल्लो समयको घटनाक्रम र त्यसपछि आइरहेका प्रतिक्रियाको सन्दर्भमा धेरैजसो जानकारनै हुनुन्छ।
यहाँ स्थित गैर आवासीय नेपाली संघ (एनआरएनए ) पोर्चुगल , प्रवासी नेपाली एकता मंच , नेपाली जनसम्पर्क समिति, लमजुङ समाज, नेपाली महिला समाज पोर्चुगल लगायत अन्य सामाजिक संस्थाहरुबाट यस बारेमा स्पष्ट रुपमा बिज्ञप्ती आइसकेको छ।
यस सन्दर्भमा अब हामी सबै पोर्तुगलमा रहेका कृयाशिल संघ संस्थाका अध्यक्ष/ प्रतिनिधि ज्युहरु एवं सामाजिक व्यक्तित्वहरु, पत्रकारज्युहरु लगायत सम्पूर्ण पोचुगलबासी नेपाली जन समुदायहरु यस बारेमा निकै गम्भीर भैरहेका छौं। अब हामी यस विषयमा के कसरी अघि बढ्ने ? पीडितहरुलाई कन्भिन्स कसरी गर्ने, गराउने भन्ने निकै चासो र जटिल बिषय छ।
तसर्थ यस बारेमा हामी गैर आवासीय नेपाली संघ, (NRNA) पोर्तुगल एवं नेपाली कन्सुलेट लिस्बोनको संयोजनमा सर्बदलिय बैठक मार्फत के कसरी पीडितहरुलाइ उद्दार एवं सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा आउने दिन हरुमा अघि बढ्ने भन्ने बिषयमा हामी तत्काल व्यापक छलफल गर्नुपर्ने हुनाले यहाँहरुलाइ आ- आफ्ना धारणाहरु, राय सुझाव एवं सल्लाह दिनु हुन हार्दिक अनुरोध गर्दछौं।
यस बारेमा हामी भोलि ७ मे बुधबार ३ बजे जुम अनलाइन मार्फत सर्बपक्षीय बैठक गर्ने गरि बैठक बस्नु पर्ने भएकालेे यस बारेमा प्रष्टरुपमा आ-आफ्ना रायहरु व्यक्त गर्नुहोला। जुमको लिन्क भोलि नै उपलब्ध गराउने छौं । धन्यवाद
महासचिव – हेमराज सुवेदी गैर आवासीय नेपाली संघ, (NRNA) ,पोर्चुगल ।