२०८० असोज ९ गत मंगलवार | September 26, 2023

गृहपृष्ठ लण्डनमा कोरोनाका कारण तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङको निधन

लण्डनमा कोरोनाका कारण तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेतप्रसाद गुरुङको निधन

लन्डन । कोरोना भाइरसबाट अहिले विश्व अत्यन्तै दुखको घडीमा गुज्रिरहेको छ । यो भाइरस लाग्ने सबैको मृत्यु हुन्छ भन्ने भ्रममा नपरौं किनकी धेरै जनालाई पोजेटिभ भएपनी निको भएका अनेकौं खुशीका खबरहरु आएका छन्। तर बिडम्बना अनि एक दुखद खबर । तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेत प्रसाद गुरुङको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट निधन भएको छ ।

५९ वर्षीय समाजसेवी गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार सांझ निधन भएको तमु धीं लन्डन इकाईका पूर्व अध्यक्ष दिपक (डेविड) गुरुङले जानकारी दिए।

नेपाल पर्वत स्थायी घर भई लामो समय देखि श्रीमतीका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका पूर्व गोरखा सैनिक- 21163241 Ex GTR चेत बहादुर गुरुङ १४ दिन देखि रोगबाट थलिएका थिए । गुरुङको निधनप्रति तमुधि लन्डन इकाइले गहिरो शोक व्यक्त गरेको छ । गुरुङको असामयिक निधनबाट हामी स्तब्ध भएका छौं। यस दुखद घडीमा लन्डन नेपाल न्युज परिवार स्वर्गीय आत्माको चिर शान्तिका साथै परिवारमा इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दछ।

कोरोनाको संक्रमणका कारण लण्डनमा अर्का एक भूतपूर्व गोरखा सैनिकको निधन भएको छ ।
पर्वत पैँयु घर भई हाल लण्डनको अल्पर्टनमा बस्दै आएका चेतप्रसाद गुरुङको मंगलबार लण्डनको नर्थविक पार्क अस्पतालमा निधन भएको हो । ५८ वर्षीय गुरुङ तमुधिँ लण्डन इकाइका वरिष्ठ उपाध्यक्ष थिए ।


इकाइका महासचिव भरत गुरुङका अनुसार करिब दुई साताअघि कामबाट घर फर्कँदा ज्वरो आएको महसुस भएपछि उनी घरमै आइसोलेसनमा बस्दै आएका थिए । करिब ५/६ दिनअघि श्वास फेर्न गाह्रो भएपछि एम्बुलेन्स बोलाई उनलाई अस्पताल लगिएको थियो । पछिल्लो समय उनलाई भेण्टिलेटरमा राखिएको थियो ।


उनी पूर्व गोरखा सैनिक थिए । गोरखा ट्रान्सपोर्ट रेजिमेण्ट (जीटीआर) मा उनले सेवा गरेका थिए । उनको आर्मी नम्बर २११६३२४१ रहेको थियो ।
उनको एक श्रीमती रहेका छन् ।


‘गुरुङ समाजसेवा भनेपछि हुरुक्कै हुने गर्दथे । सकेसम्म कसैलाई दुख दिन खोज्दैनथे’–तमुधिँ लण्डनका पूर्व अध्यक्ष दीपक गुरुङ ‘डेभिड’ले भने । उनको कार्यकालमा चेतप्रसाद तमुधिँ लण्डनका कोषाध्यक्ष थिए ।
उनी लामो समयदेखि लण्डनमा बसोबास गर्दै आएका थिए । फोटोग्राफीमा उनको रुचि थियो ।

ईकाइका महासचिव भरत गुरुङ कोरोना भाइरसका कारण यस्तो द्:खको क्षणमा आफ्ना समाजका सदस्यको परिवारमा गएर दु:ख साट्न नपाएकोमा थकथकी मान्छन् ।

यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण दुखद निधन भएको थियो ।

वीनेपाली र लन्डन नेपाल न्युजबाट ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु