२०८० जेठ २५ गत बिहीवार | June 08, 2023

गृहपृष्ठ लमजुङ समाज पोर्चुगलको अध्यक्षमा गुरुङ चयन

लमजुङ समाज पोर्चुगलको अध्यक्षमा गुरुङ चयन

लमजुङ समाज पोर्चुगलको अध्यक्षमा गम्भिर गुरुङ चयन भएका छन् । उनि समाजको आगामी दुई बर्षका लागि अध्यक्षमा चयन भएका हुन् ।

आइतबार सम्पन्न समाजको अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ। समाजको बरिष्ठ उपाध्यक्षमा राज गुरुङ ‘जय शम्भो’ चयन भएका छन्।

यस्तै अधिवेशनले कृष्ण तामाङ, देवी घिमिरे र विमलराज पौड्याललाई उपाध्यक्षमा चयन गरेको छ। उता समाजको सचिवमा सुधिर भट्ट, सह सचिवमा सन्दिप अधिकारी चयन भए।

यस्तै अधिवेशनले कोषाध्यक्षमा लक्ष्मी गुरुङ र सह कोषाध्यक्षमा सपना सिलवाललाई चयन गरेको छ। यता चेतन लामा, रामचन्द्र पौड्याल र प्रिती गुरुङ समाजको सदस्यमा चयन भए।

कार्यक्रम गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्व अध्यक्ष समेत रहेका पर्यटनदूत रमेश कुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको थियो। सो अवसरमा आफ्ना धारणा राख्दै गुरुङले समाज रुपान्तरणमा लमजुङ समाजको योगदान अतुलनिय रहेको बताए।

उनले आगामी दिनमा नमूना समाजको रुपमा स्थापित गर्न नेतृत्वलाई आग्रह गरे। समाजले विगतमा गरेका कामको कदर गर्दैै उनले आगामी दिनमा पनि निरन्तरता दिन अनुरोध गरे। कार्यक्रममा ‘ओला अमिगो’ का निर्देशक गुमानसिंह कार्कीले आगामी दिनमा समाजले नमूना काम गर्नुपर्नेमा जोड दिए। उनले लमजुङबाट रोजगारीका लागि पोर्चुगल आएका जो कसैलाई पनि समाजले सहयोग गर्नुपर्ने बताए।

उनले आफ्नो कार्यालयबाट र व्यक्तिगत तवरले कानुनी र कागजी काममा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे। पछिल्ला दिनहरुमा नेपाली समुदायले कागजी काममा व्यहोर्नुपरेको झन्झटबारे बताउँदै उनले परामर्शका लागि कार्यालयमा आउन सबैसमक्ष आग्रह गरे।

समाजका निवर्तमान अध्यक्ष लोकेन्द्र गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु