२०८० मंसिर २४ गत आइतवार | December 10, 2023

गृहपृष्ठ लहडमा विवाह,विवाह लगत्तै डिभोर्स

लहडमा विवाह,विवाह लगत्तै डिभोर्स

इलाम सदरमुकामको एक विद्यालयमा कक्षा ८ पढ्दै गरेकी किशोरीले ‘घिमिरे’ थरका युवासँग विवाह गरिन्। १४ वर्ष टेकेकी उनको विवाह पनि दुई महिना टिक्न सकेन।

प्रेमविवाह गरेकी सम्झना अहिले माइतघरमै फर्केर विद्यालय परिवर्तन गरेर ८ कक्षामै पढ्न थालेकी छन्।सन्दकपुर गाउँपालिकाकी एक किशोरीले १६ वर्षको उमेरमा विवाह गरिन्।

स्थानीय युवासँग विवाह गरेकोे एक वर्ष नबित्दै छोरीकी आमा बनिन्। आमा भएको ६ महिना नबित्दै श्रीमानको हिंसाको सिकार बनिन्। दिनदिनै हिंसाको सिकार बनेकी किशोरी श्रीमानसँग बस्न नसक्ने अवस्थामा पुगिन्।

भागेर सानैमा विवाह गरेकाले माइतीले पनि वास्ता गरेनन् । डेढ वर्षकी छोरीसहित विस्थापित किशोरीलाइ मानवअधिकार मञ्च इलामले उद्धार गरी केही दिन आफ्नो सेल्टरमा राख्यो।

अहिले छोरीसँगै विराटनगरस्थित सरकारी सेल्टरमा छिन्। अभिभावकको संरक्षणमा पढ्ने–बढ्ने उमेरमा आफैं अभिभावक (आमा) बनेपछि अहिले उनी ‘न माइत न त घर’की भएकी छन्।

जिल्लामा दर्जनौं बालबालिकाले विद्यालय उमेरमै प्रेम गर्दै विवाह गर्ने गरेको पाइएको छ। ‘लहड र लहर’मा विवाह गर्ने र उमेर छिप्पिदै जान थालेपछि ‘बेमेल’ हुने गरेको देखिन्छ। बालविवाहले उनीहरूको भविष्य अन्योल र कष्टकर बनाइदिने गरेको छ।


इलामको एक माध्यमिक विद्यालयकी शिक्षिका ‘कक्षा ८ मा मात्र ३० जोडीसम्म भेटिएपछि उनीहरूलाई काउन्सिलिङ गरिएको’ बताउँछिन्। सानै उमेरमा मोबाइल फोन प्रयोग, सामाजिक सञ्जाल र युट्युबको सिको गर्दै किशोरकिशोरी ‘प्रेमीप्रेमिका’ बन्ने गरेको उनको बुझाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु